
निरज बस्नेत
विराटनगर, पुष १६
अव मलाई अति नराम्रो लाग्यो । जे भए पनि त्यो मान्छेहरुको अगाडी कस्तो बेइज्जत हुन्थ्यो । विलको पैसा नपुगेको भए, हजुरले म सँग छ पनि भन्नु भएन । मेरो मन चोरेजस्तो लाग्यो हजुरले अनि मेरो मन किन भो मलाई बोल्नै मन लागेन । म नबोल्दा हजुर झन् के कम भन्ने सोचर म सँग बोल्नु पनि भएन र मैले पैसा तिरेकोमा म रिसाएँ भन्ने सोच्नु भो होला ।
हजुरको ठाउँ आउने बेलामा म केही भन्छु भन्दै थिएँ । रिक्साबाट ओर्लेपछि तर, हजुर तिमीलाई दुइ थोकमा चित्त बुझेन । मैले थाहा पाए भन्दै कस्तो निष्ठुरी भएर सरासर एकपल्ट पनि नहेरी रिक्साबाट ओर्लेर जानुभयो । मलाई त त्यही रिक्सामा रुन मन लागिसकेको थियो , हजुरको हर्कत देखेर ।
म सँग रिक्सालाई दिने पैसा पनि थिँएन । ब्यागमा हेर्दा ५ रुपैंया मात्र थियो । म रु १५ माग्छु भन्दै सोच्दै थिँए । तर, मलाई मौका नै दिनुभएन हजुरले । म के गर्न सक्थे र ? जहिले जाने बेलामा हामी छुट्टीने बेलामा हजुरले मलाई केही भन्नुहोस् , फेरी कहिले भेट्ने आदी कुरा गर्न मात्र मसँग छुट्टीनु भन्ने ।
मेरो उदास जिन्दगीमा हजुरको आगमनले नौलो बहार ल्याएको छ । मलाई मेरो जीन्दगी अव प्यारो लाग्न थालेको छ । हजुरप्रतिको मेरो विश्वास टुट्न नदिनु होला । मलाई गलत नठान्नुहोला । मैले हजुरको मन दुखाएको छु । म के गर्नु म सानै देखी यति कडामा बस्दै आएको छु । मलाई साह्ै डर लाग्छ, घरमा थाहा हुन्छ भनेर, म चाहान्छु विफोर म्यारिज हाम्रो बारेमा कसैलाई थाहा नहोस् । के यो हुन सक्छ ?
सोच्दछु म, तर त्यस्तो हुदैन । हजुरलाई हजुरको अड्डामा जान हतार हुन्छ की कुन्नि ? त्यो दिन हजुर पनि रुनु भएछ । हजुरको पनि मन दुखेछ छ साह्ै, तर किन मलाई भन्नुभएन । आज म धेरै रोए भनेर । १० वटा डायलगहरु खत्तराखत्तरा म्यासेजमा लेखेर पठाउनुभएको थियो मलाई , त्यही माथि मलाई टेन्सन भएर बसेको बेला, हजुरले त्यस्तो मने चुँडीने म्यासेज , मेरो हालात कस्तो भएको थियो ।
सायद गडलाई मात्र थाहा छ । हजुरको कुरा जहाँसम्म मैले बुझेकी छु, हजुरसँग मैले पैसा मागिन भने अव हजुरले पनि म सँग माग्न नहुने रै छ । , भन्ने लाग्यो हजुरलाई हैन ? अनि अरु के के कुरा सोचेर आफै रिसाएर, आफै म सँग पो उल्टै , लोग नही कहते थे, ट्रेन और लड्कीके पिछे कभी भागना नही चाहिएँ, अरे….क्रमश…