३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मायालुको संझनामा कोरिएको यादगार पत्र ३, मलाई मेरो जीन्दगी अव प्यारो लाग्न थालेको छ …

Logo

निरज बस्नेत
विराटनगर, पुष १६
अव मलाई अति नराम्रो लाग्यो । जे भए पनि त्यो मान्छेहरुको अगाडी कस्तो बेइज्जत हुन्थ्यो । विलको पैसा नपुगेको भए, हजुरले म सँग छ पनि भन्नु भएन । मेरो मन चोरेजस्तो लाग्यो हजुरले अनि मेरो मन किन भो मलाई बोल्नै मन लागेन । म नबोल्दा हजुर झन् के कम भन्ने सोचर म सँग बोल्नु पनि भएन र मैले पैसा तिरेकोमा म रिसाएँ भन्ने सोच्नु भो होला ।

हजुरको ठाउँ आउने बेलामा म केही भन्छु भन्दै थिएँ । रिक्साबाट ओर्लेपछि तर, हजुर तिमीलाई दुइ थोकमा चित्त बुझेन । मैले थाहा पाए भन्दै कस्तो निष्ठुरी भएर सरासर एकपल्ट पनि नहेरी रिक्साबाट ओर्लेर जानुभयो । मलाई त त्यही रिक्सामा रुन मन लागिसकेको थियो , हजुरको हर्कत देखेर ।

म सँग रिक्सालाई दिने पैसा पनि थिँएन । ब्यागमा हेर्दा ५ रुपैंया मात्र थियो । म रु १५ माग्छु भन्दै सोच्दै थिँए । तर, मलाई मौका नै दिनुभएन हजुरले । म के गर्न सक्थे र ? जहिले जाने बेलामा हामी छुट्टीने बेलामा हजुरले मलाई केही भन्नुहोस् , फेरी कहिले भेट्ने आदी कुरा गर्न मात्र मसँग छुट्टीनु भन्ने ।

मेरो उदास जिन्दगीमा हजुरको आगमनले नौलो बहार ल्याएको छ । मलाई मेरो जीन्दगी अव प्यारो लाग्न थालेको छ । हजुरप्रतिको मेरो विश्वास टुट्न नदिनु होला । मलाई गलत नठान्नुहोला । मैले हजुरको मन दुखाएको छु । म के गर्नु म सानै देखी यति कडामा बस्दै आएको छु । मलाई साह्ै डर लाग्छ, घरमा थाहा हुन्छ भनेर, म चाहान्छु विफोर म्यारिज हाम्रो बारेमा कसैलाई थाहा नहोस् । के यो हुन सक्छ ?

सोच्दछु म, तर त्यस्तो हुदैन । हजुरलाई हजुरको अड्डामा जान हतार हुन्छ की कुन्नि ? त्यो दिन हजुर पनि रुनु भएछ । हजुरको पनि मन दुखेछ छ साह्ै, तर किन मलाई भन्नुभएन । आज म धेरै रोए भनेर । १० वटा डायलगहरु खत्तराखत्तरा म्यासेजमा लेखेर पठाउनुभएको थियो मलाई , त्यही माथि मलाई टेन्सन भएर बसेको बेला, हजुरले त्यस्तो मने चुँडीने म्यासेज , मेरो हालात कस्तो भएको थियो ।

सायद गडलाई मात्र थाहा छ । हजुरको कुरा जहाँसम्म मैले बुझेकी छु, हजुरसँग मैले पैसा मागिन भने अव हजुरले पनि म सँग माग्न नहुने रै छ । , भन्ने लाग्यो हजुरलाई हैन ? अनि अरु के के कुरा सोचेर आफै रिसाएर, आफै म सँग पो उल्टै , लोग नही कहते थे, ट्रेन और लड्कीके पिछे कभी भागना नही चाहिएँ, अरे….क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]