२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

मन्टेश्वरी शिक्षामा अग्रणी स्थान ओगट्न सफल किड्स भिलेज

Logo

निरज बस्नेत
विराटनगर, माघ १०

विराटनगरमा रहेको किड्स भिलेज मन्टेश्वरीले गुणस्तरीय शिक्षामा आफूलाई विरराटनगरमै अग्रणी स्थानमा पुर्याएको छ । वि.सं. २०७० सालमा स्थापित यो मन्टेश्वरीमा हाल ३५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

स्थापनाकालमा ३२ विद्यार्थीबाट शुरु गरिएको थियो । जोशिला केही युवाहरुले खोलेको यो मन्टेश्वरीमा सरस्वती पूजाको पावन अवसरमा अक्षराम्भको विशेष मौकामा निःशुल्क भर्ना अभियान चलाइने कुराको जानकारी यस मन्टेश्वरीका निर्देशक नवोजित प्रधानले दिएका छन् ।

प्रधान आफै विराटनगरका ३–४ वटा कलेजहरुमा अध्यापन गराउँदै आउँदै छन् । यो सँगै आफ्नो समयका पढाइमा अव्वल विद्यार्थी समेत प्रधान रहेका थिँए ।

अक्षराम्भको दिनमा निर्देशक प्रधानले विद्यार्थी, अभिभावक, शुभचिन्तक, साथीभाई सवैलाई हार्दिकतापूर्वक निमन्त्रणा दिएका छन् ।

पिजी तथा नर्सरीमा अभिभावकहरुले आफ्ना बालबच्चालाई सरस्वती पूजाको दिनमा यहाँस्थित किड्स भिलेजमा निशुल्क भर्ना गराउँन सक्ने कुरा समेत प्रधान बताउँछन् ।

विराटनगरमा–५ कृषि भवन पछाडी, भृकुटी चोक(कृषि मार्ग) मा यो मन्टेश्वरी अवस्थित छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]