०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

प्रभु कति महान् चैत्रमा प्रदर्शन हुदै…

Logo

निरज बस्नेत
धरान, माघ १७
धरानका ठिटाहरुले मिलिजुली निर्माण गरेको सर्ट मुवी हो, प्रभु कति महान् । सत्य घटनामा आधारित बताइएको यो चलचित्रको नेपालभरबाट व्यग्र प्रतीक्षा गरिरहेको बुझिएको छ ।

धराने समाजसेवी प्रकाश लिम्वूको लेखन तथा निर्देशनमा यो मुवी तयार हुदैछ । चैत्र महिनाको डेट लाइन फिक्स गरिएको छ । जुरेली फिल्मस् प्रोडक्सनको ब्यानरमा यसका संचालक विनोद रसाइली जुरेलीको लगानी रहेको स्वंयम् जुरेलीले नै जनचर्चालाई जानकारी गराएँ ।

यो चलचित्रको छायांकन माघ ६ बाट शुरु भएको थियो । अधिकांश दृश्यांकन विष्णुपादुकामा भएको जुरेली बताउँछन् । चलचित्रमा जुरेलीदेखी बाहेक धरानमै कलाकारिता गरिरहेका कलाकारहरुको जोडदार अभिनय दर्शकले हेर्न पाउने छन् ।

प्रख्यात कलाकार गंगा वरदानको महत्वपुर्ण भूमिका चलचित्रमा रहेको छ । सम्पादनको काम एडम लिम्वुले सम्हालेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]