
विराटनगर, फागुन २
काेशी अस्पताल विराटनगरकाे मेडिकल सुपरीटेन्डेन्टमा कन्सटेन्ट सर्जन डाक्टर रविनराज सिंह नियुक्त भएका छन् । प्रदेशकाे स्वास्थ्य मन्त्रालयले सिंहलाई मंगलबार निमित्त मेसुमा नियुक्त गरेकाे हाे । उनी दसाैं तहका चिकित्सक हुन् । उनी भन्दा अघि डाक्टर फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव मेडिकल सुपरीटेन्डेन्ट थिए ।
डा सिंह मुलुकै अब्बल सर्जनकाे रुपमा चिनिन्छन् । अस्पतालकाे सेवा सुविधा सुधारी गरी जनतालाई प्राईभेट अस्पतालभन्दा राम्राे सेवा सरकारी अस्पतालमै दिने प्रतिबद्वता व्यक्त गरेका छन् ।