१३ माघ २०८१, आइतबार
26-01-2025 , Sun
Gold Silver Price (13 Magh 2081, Sun)
Fine Gold 1 Tola NRs. 160900
Silver 1 Tola Nrs. 1880

रोग लाग्नै नदिने स्वास्थ्य शिक्षाको पढाई सुरु गराउदै मनमोहन विश्विद्यालय

Logo
प्रकाशित सोमबार, चैत्र १३, २०७९

विराटनगर, चैत १३

रोग लागेर जिवभरि कमाएको धनरासी खर्र्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ ।
कोसी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो ।
विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्याल गर्दै दक्ष जनशक्त्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा सुभाषश्री पोखरेलले बताए ।
नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउन लागि नेपाल र भारतका विज्ञहरुबाट धमाधम पाठयक्रम निर्माण भैरहेकोउपकुलपति डा सुभाषश्रीले जानकारी दिए । उनका अनुसार पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक र त्यसपछि क्रमश मास्टर्स तहको कक्षा सञ्चालन गर्ने तयारी भैसेकेको छ । ‘प्राकृतिक चिकित्सामा विश्वभर विश्वास बढदो रहेको तर सोही अनुसार दक्ष जनशक्त्तिको चरम अभाव भएकोले देशमै पहिलोपल्ट उच्च शिक्षाको पढाई मनमोहनले सुरु गर्न लागेको हा’ै, उपकुलपति पोखरेलले भने ।
मनमोहन विश्विद्यालयका कुलपति तथा कोसी प्रदेसका मुख्यमन्त्री हिक्मत कार्कीले मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति अत्यन्तै समयसापेक्ष रहेकोले आफुले पनि चाँडो पाठयक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउन निर्देशन दिइसकेको बताउँछन । उनले रोग लागेर उपचारका लागि अस्पताल गएर जिवनभरि कष्टले कमाएको धन खर्च गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु उत्तम उपाय भएकोले प्राकृतिक स्वास्थयबारे विश्विद्यालय तहमा पठनपाठन ह्नु अति नै आवश्यक भएको बताए । कुलपति तथा मुख्यमन्त्री कार्कीले भने , ‘शौचालय , खानेपानी र वतावरण अनि अहारविहार स्वास्थ्य बनाउने उपाय मात्र हामीले अवलम्बन गरयौ भने धेरै रोगहरुबाट बच्न सक्छौ यसैले प्राकृतिक स्वास्थ्य शिक्षा अति नै सान्र्दभिक र आवश्यक छ ।’,
कोसी प्रदेशका पुर्व समाजिक विकास मन्त्री जिवन घिमिरेले आफुहरुले प्रदेशका सबै बिद्यालयमा योग शिक्षा लागू गर्न खोजेपनि दक्ष जनशक्त्तिको अभावले गर्दा संभव नभएको बताए । उनका अनुसार उच्च शिक्षा पढेका प्राकृतिक चिकित्साका दक्ष जनशक्त्ति उत्पादन गर्न सकेमा नेपालमा मात्र नभै विश्वबजारमा पनि खपत गर्न सकिने दाबी गरे ।
प्राकृतिक स्वास्थ्य विज्ञ डा जनक बस्नेतले दक्ष जनशक्त्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरुले दक्ष जनशक्त्तिको चरम अभाव झेल्नुपरिरहेको बताए । उनका अनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरुले भारतबाट चिकित्सक र अन्य जनशक्त्तिहरु ल्याउन बाध्य भैरहनु परेको छ । अर्कोतिर प्राकृतिक स्वास्थ्य शिक्षा पढन चाहनेहरुले भारत जान बाध्य भैरहनुपरेको छ । काठमाण्डौमा प्राकृतिक अस्पताल समेत सञ्चालन गरिरहेका डा बस्नेतका अनुसार भारतमा ४० भन्दा बढि शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षा तहको पढाई भैरहेपनि नेपालमा विश्विद्यालयमा तहमा अझैसम्म पठनपाठन सुरु हुन सकेको छैन । उनले प्राकृतिक स्वास्थ्य शिक्षाका लागि उत्पादन भएका जनशक्त्तिलाई बजार अभाव नभएको र माग पनि उच्च भएकोले रोजगारको चिन्ता नभएको दाबी गरे । उनले योग तथा प्राकृतिक शिक्षाबारे पाठयक्रम निर्माण गर्न लागेकोमा मनमोहनलाई धन्यबाद पनि दिए । उनका अनुसार प्राकृतिक स्वास्थ्य चिकित्साले मानिसहरुलाई बढदो मानसिक समस्याबाट जोगाउन र आत्महत्या गर्नुपर्ने बाध्यताबाट जोगाउन पनि सहयोग गर्दछ । डा बस्नेतले भने , ‘ अवको युग नेचुरल युग हो यसैले चाँडै पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न सके मनमोहन देशकै पहिलो प्राकृतिक चिकित्साको पठनपाठन गराउने पहिलो विश्वविद्यालय हुनेछ ।’
डाक्टर बस्नेतका अनुसार प्राकृतिक चिकित्साभित्र योग र उपचार मात्र नभएर विभिन्न नौ वटा दर्शनहरु पर्दछन । प्राकृतिक चिकित्सा औषधि रहित उपचार गर्ने विकल्प रहित शिक्षा हो । प्राकृतिक स्वास्थ्य शिक्षाका लागि स्नातक तहमा पाँच बर्षे पाठयक्रम आवश्यक पर्दछ ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोसी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङतर्फ स्नातक तहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसैगरि पारामेडिकलतर्फ विभिन्न बिषयमा स्नातक र स्नातोकोत्तरमा पठनपाठन गराउनका लागि पाठयक्रम निर्माण भैसकेको छ । साथै आगामी सत्रदेखी फार्मेसीतर्फ भर्ना आवेदन खुलाउने तयारी भैसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,३ माघ ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को समय तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतस् वेदविद्याश्रमतर्फ(अनिवार्य […]

काठमाडौं ,४ पुष ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताएकी हुन् । “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, […]

विराटनगर २ पुष ।  विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ […]