२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

जि‍.पि.के. हक्कीमाआर्मी र पुलिस विजयी

Logo

विराटनगर, चैत २३
शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका छन् । बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन् भने कोसी र मधेस प्रदेशबीचको खेल बराबरी खेल्दै अंक बाँडे ।

कोसी र मधेस प्रदेशबीच भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाँडेका छन् । कोसीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेस प्रदेशका लागि पंकज दाहाल र राहुल साहले गोल गरे । खेलको म्याद अफ द म्याच कोसीका मनोज चौधरी भए ।

दोस्रो खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरमा पराजित गरेको छ । पुलिसका लागि महेश धामीले ५ गोल, आयुष साह, केशव जोशी र रोहित लामाले समान १–१ गोल गरेका थिए । म्यान अफ द म्याच पुलिसका महेश धामी भए ।
त्यस्तै, तेस्रो खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३–० फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ६ गोल, प्रदीप राजवंशीले ३, अमरबहादुर गुरुङले २ गोल, रंजित राउत, देवसिंह धामीले समान १–१ गोल गरेका थिए । म्यान अफ द म्याच आर्मीका रोमन राना भए ।

आर्मी २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । पुलिस १ खेल जित्दै ३ अंक प्राप्त गरेको छ । कोसी र मधेस प्रदेशको १–१ अंक तालिका रहेको छ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोसी प्रदेश, दोस्रो खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल नेपाल पुलिस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]