०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
Gold Silver Price (3 chaitra 2081, SUN)
Fine Gold 1 Tola NRs. 174600
Silver 1 Tola Nrs. 2060

जि‍.पि.के. हक्कीमाआर्मी र पुलिस विजयी

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९

विराटनगर, चैत २३
शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका छन् । बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन् भने कोसी र मधेस प्रदेशबीचको खेल बराबरी खेल्दै अंक बाँडे ।

कोसी र मधेस प्रदेशबीच भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै १–१ अंक बाँडेका छन् । कोसीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेस प्रदेशका लागि पंकज दाहाल र राहुल साहले गोल गरे । खेलको म्याद अफ द म्याच कोसीका मनोज चौधरी भए ।

दोस्रो खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरमा पराजित गरेको छ । पुलिसका लागि महेश धामीले ५ गोल, आयुष साह, केशव जोशी र रोहित लामाले समान १–१ गोल गरेका थिए । म्यान अफ द म्याच पुलिसका महेश धामी भए ।
त्यस्तै, तेस्रो खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई १३–० फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ६ गोल, प्रदीप राजवंशीले ३, अमरबहादुर गुरुङले २ गोल, रंजित राउत, देवसिंह धामीले समान १–१ गोल गरेका थिए । म्यान अफ द म्याच आर्मीका रोमन राना भए ।

आर्मी २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । पुलिस १ खेल जित्दै ३ अंक प्राप्त गरेको छ । कोसी र मधेस प्रदेशको १–१ अंक तालिका रहेको छ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोसी प्रदेश, दोस्रो खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा तेस्रो खेल नेपाल पुलिस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]

विराटनगर, फागुन २४ । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम […]