०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अरनिको कलेजका ८ सय ५० विद्यार्थी पासआउट

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

विराटनगर,चैत २६

विराटनगरको अरनिको उच्च माविले शनिबार कक्षा १२ का विद्यार्थीहरुलाई  विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत करिव ८ सय ५० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई कलेजले भब्य समाराेह आयाेजना गरी बिदाई गरेकाे हाे । उनीहरुलाई कलेजले मायाको चिनो समेत प्रदान  गरेकाे थियाे।

समाराेहमा कलेजको आन्तरीक क्रियाकलाप, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरियाे । सोही कार्यक्रममा आन्तरिक खेलकुदमा उत्कुष्ट हुने विद्यार्थीलाई समेत ट्रफिसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापक उमेन्द्र विलास लुइटेल कार्यक्रम संयोजक विकाश खनाल र शिक्षक विजय दंगाल र अरुण कोइराला लगायतले शुभकामना दिएर विदाई गरेको थिए । त्यस्तै कलेजका विद्यार्थी उन्नती पौडेल र निरज रेग्मीले कलेजमा वितेका दुई वर्षको अनुभव समेत सुनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले उपस्थीत अतिथि, अभिभावक, शिक्षक तथा विदाई हुने विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]