०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

अरनिको कलेजका ८ सय ५० विद्यार्थी पासआउट

Logo

विराटनगर,चैत २६

विराटनगरको अरनिको उच्च माविले शनिबार कक्षा १२ का विद्यार्थीहरुलाई  विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत करिव ८ सय ५० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई कलेजले भब्य समाराेह आयाेजना गरी बिदाई गरेकाे हाे । उनीहरुलाई कलेजले मायाको चिनो समेत प्रदान  गरेकाे थियाे।

समाराेहमा कलेजको आन्तरीक क्रियाकलाप, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरियाे । सोही कार्यक्रममा आन्तरिक खेलकुदमा उत्कुष्ट हुने विद्यार्थीलाई समेत ट्रफिसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापक उमेन्द्र विलास लुइटेल कार्यक्रम संयोजक विकाश खनाल र शिक्षक विजय दंगाल र अरुण कोइराला लगायतले शुभकामना दिएर विदाई गरेको थिए । त्यस्तै कलेजका विद्यार्थी उन्नती पौडेल र निरज रेग्मीले कलेजमा वितेका दुई वर्षको अनुभव समेत सुनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले उपस्थीत अतिथि, अभिभावक, शिक्षक तथा विदाई हुने विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]