३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

जुरेली ब्राण्ड

Logo

निरज बस्नेत
धरान, सुनसरी, बैशाख १३
नेपालको सुन्दर नगरी सुनसरीको धरानमा रहेर विगत लामो समयदेखी कलाकारिता फिल्डमा रहेर ख्याती कमाउँदै आइरहेका कलाकारको नाम हो विनोद रसाइली ।

नाम विनोद भएतापनि यिनी धरानभरि जुरेली नामले चर्चित छन् । यिनै जुरेली ब्यानरमा बनेको चलचित्र प्रभु कति महान् , को प्रिमियर शो धरानको सैनिक भवनमा सोमवार सम्पन्न भएको छ ।

विहान ११ बजे र दिउँसो ४ बजेको गरी २ शो मा उक्त चलचित्र देखाइएको थियो । चलचित्रले २०३० सालको प्रसंग उठाएको छ । यस समयमा नेपालमा क्रिश्चियन धर्मलाई हेपाहा प्रवृतिले हाम्रो समाजमा हेरिन्थ्यो ।

कालान्तरमा नेपालमा २०४७ सालमा बहुदलीय व्यवस्था आएपछि यस धर्मप्रति रहँदै आएको थिचोमिचोको अन्त्य भएको कुरा उक्त चलचित्रमा देखाइएको छ । चलचित्र हेर्न भनेर सैनिक भवनमा थेगिनसक्नु दर्शकहरु आएका थिए ।

धरानमा रहेर जुरेली आफैमा एउटा ब्राण्ड नै स्थापित भइसकेको छ । यसलाइ यस चलचित्रबाट जुरेलीले अझबढ्ता मिहिनेतका साथ दर्शक रिझाएका छन् ।

चलचित्रको लेखन अनि निर्देशकको पाटो कलाकार प्रकाश लिम्वूले सम्हालेका छन् । चलचित्र राम्रो बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]