०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लेख्नु छ कविता

Logo
हेम राज बास्तोला

हेमराज बास्तोला
आउ जाउं सुन्न ति नदीका सुसेलीहरु
आउ जाउं स्पर्स गर्न वायुका ति स्पन्दनहरु।
मैले सास फेर्ने ति अदृश्य प्राणहरु!
शन्द नै हुन मैले बांच्ने प्रमाणहरु।

छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।

एकान्तमा भौरारिदा एक्लै यो आनन्द भेटे
अदृश्य ति छालहरु मनभित्र मडारिएको देखे।
खोज्दै सुन्दर त्यो तिम्रो सुवास लेखे
अनि तरंगका यि भावनाहरु पोखे।

छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।

अस्पष्ट अनि जटिल तिम्रो तस्विर कोर्न
कोशिश जारी छ हरपल शब्दका चट्टान फोर्न।
आकार दिनु छ मैले आकाशबाट थुतेर केही,
टौवा हैन परालको यो, शब्दको हो खरबारी।

छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।

घरी घरी लाग्छ केही, यहाँ! शब्दकै छ खडेरी
आउ कवित आउ लिनु छ तस्विर मैले फेरी।

छोड्नु छ मैले केही हेर यो जगतलाई,
लेख्नु छ कविता मैले आज तिमिलाई।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]