०७ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै

जाति र ठाउँको नाम हो, तोक्पेगोला
Logo
दिलकुमार लिम्बू

ताप्लेजुङ,दिलकुमार लिम्बू

पछिल्लो समय भौतिक विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै गएको छ । जताततै ठुला ठुला भौतिक संरचनाहरु निर्माण हुदै गएका छन् । यसले जैविक विविधतामा ठुलो प्रभाव पर्दै गएको देखिन्छ । ताप्लेजुङका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्राकृतिक भर्जिनिटी तोडी सकिएको छ । तर मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्र भने अझ सम्म भर्जिन ल्याण्ड रहेको छ ।

 

जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि १ किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शितलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैंमा सुन्दर त हुने नै भयो ।

 

अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङछङ झर्ने पानीको दृश्य र आवाजले जो कोहिलाई आनन्दित तुल्याउँछ । वरिपरिका चउरमा फुलेका रङ्गीचङगी फूलले सुनमा सुगन्ध थपिएझै बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ्ग फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोकक्पेगोलाको बस्तीको विशेषता हो । कहिले पहेंलो फूलले पहेलपुर बन्छ । कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडा काडाँ र बस्ति बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तौ मौसम उघ्री दिन्छ ।
गाउँमा दुःख बिराम नहोस, अशान्ति नसहो गाउँमा सधै सुख शान्ति होस भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला गाउँपालिका—५ पापुङका वडा अध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो । भोटे भाषामा लू भनिने रहेछ । प्रत्येक घरले पालो पालो गरेर प्रत्येक वर्ष लू खेदाउँने गरेको शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार तीन दिन सम्म लामाले मन्त्र जप गरेर अन्तिम दिन रात परे पछि गाउँका सबै भएर थाल बजाउँदै लू अर्थत भुत खेदाउने गर्दछन् । बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरुले बाटो बन्द गर्दछन् । लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आउ जाउ गर्नु हुदैन भन्ने जनविस्वास रहि आएको स्थानीयको भनाइरहेको छ । लू खेदाउने ससमयमा बस्तीमा मान्छे आउ जाउ गरियो भने बिराम हुने । मृत्यु समेत हुन सक्ने स्थानीयको जनविस्वास रहेको तोक्पेगोलाका स्थानीय पासाङ भुटी शेर्पाले बताउनुभयो ।
यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिदो जाडो । जुन समयमा पुगेपनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौ ताल तथा तलैया रहेका छन् । सोदो पोखरी, भुत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि । डाँडाकाडा, पाखा, पखेरा, छाँगा, वन जंगल, जडिवुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि ३०० मिटर दुरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने ।
स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेशा पशुपालन हो । गाई, याक तथा चौरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कदा याक तथा चौरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङ कुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सिमा जोडिएको छ यो ठाउँ । तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामल बाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्ष देखि नाका बन्द भएको छ । लामो समय सम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो । यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको पापुङमा घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात बेसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडिवुटी पनि आम्दानीको श्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, ‘भर्जिन पर्यटकीय क्षेत्र ।’
कसरी पुगिन्छ रु
सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याक र घुल्चुक सहनुपर्छ । सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवाहुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ । सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गएपनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ । दर्जन बढी झोलुङे र काठे पूल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँ–ठाउँमा भेटिएका गाई गोठ नै होटल हो ।‘।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]