०९ साउन २०८१, बुधबार
24-07-2024 , Wed

विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै

जाति र ठाउँको नाम हो, तोक्पेगोला
Logo
दिलकुमार लिम्बू प्रकाशित शनिबार, साउन २७, २०८०

ताप्लेजुङ,दिलकुमार लिम्बू

पछिल्लो समय भौतिक विकासको नाममा प्रकृतिक सुन्दरता मासिदै गएको छ । जताततै ठुला ठुला भौतिक संरचनाहरु निर्माण हुदै गएका छन् । यसले जैविक विविधतामा ठुलो प्रभाव पर्दै गएको देखिन्छ । ताप्लेजुङका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्राकृतिक भर्जिनिटी तोडी सकिएको छ । तर मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्र भने अझ सम्म भर्जिन ल्याण्ड रहेको छ ।

 

जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि १ किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शितलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैंमा सुन्दर त हुने नै भयो ।

 

अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङछङ झर्ने पानीको दृश्य र आवाजले जो कोहिलाई आनन्दित तुल्याउँछ । वरिपरिका चउरमा फुलेका रङ्गीचङगी फूलले सुनमा सुगन्ध थपिएझै बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ्ग फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोकक्पेगोलाको बस्तीको विशेषता हो । कहिले पहेंलो फूलले पहेलपुर बन्छ । कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडा काडाँ र बस्ति बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तौ मौसम उघ्री दिन्छ ।
गाउँमा दुःख बिराम नहोस, अशान्ति नसहो गाउँमा सधै सुख शान्ति होस भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला गाउँपालिका—५ पापुङका वडा अध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो । भोटे भाषामा लू भनिने रहेछ । प्रत्येक घरले पालो पालो गरेर प्रत्येक वर्ष लू खेदाउँने गरेको शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार तीन दिन सम्म लामाले मन्त्र जप गरेर अन्तिम दिन रात परे पछि गाउँका सबै भएर थाल बजाउँदै लू अर्थत भुत खेदाउने गर्दछन् । बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरुले बाटो बन्द गर्दछन् । लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आउ जाउ गर्नु हुदैन भन्ने जनविस्वास रहि आएको स्थानीयको भनाइरहेको छ । लू खेदाउने ससमयमा बस्तीमा मान्छे आउ जाउ गरियो भने बिराम हुने । मृत्यु समेत हुन सक्ने स्थानीयको जनविस्वास रहेको तोक्पेगोलाका स्थानीय पासाङ भुटी शेर्पाले बताउनुभयो ।
यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिदो जाडो । जुन समयमा पुगेपनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौ ताल तथा तलैया रहेका छन् । सोदो पोखरी, भुत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि । डाँडाकाडा, पाखा, पखेरा, छाँगा, वन जंगल, जडिवुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि ३०० मिटर दुरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने ।
स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेशा पशुपालन हो । गाई, याक तथा चौरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कदा याक तथा चौरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङ कुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सिमा जोडिएको छ यो ठाउँ । तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामल बाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्ष देखि नाका बन्द भएको छ । लामो समय सम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो । यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको पापुङमा घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात बेसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडिवुटी पनि आम्दानीको श्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, ‘भर्जिन पर्यटकीय क्षेत्र ।’
कसरी पुगिन्छ रु
सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याक र घुल्चुक सहनुपर्छ । सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवाहुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ । सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गएपनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ । दर्जन बढी झोलुङे र काठे पूल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँ–ठाउँमा भेटिएका गाई गोठ नै होटल हो ।‘।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ८ । विराटनगर बरगाछीपुर्व रहेकाे कोशी माेडल कलेज  (KMC)ले होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि एक विशेष ओरिएन्टेशन कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम कोशी प्रदेशकै सबैभन्दा ठूलो पाँच तारे होटल, झापाको मेची क्राउनमा हुने भएको छ। कलेज प्रशासनका अनुसार, यही साउन १२ गते पहिलो चरणको ओरिएन्टेशन हुनेछ। यस कार्यक्रममा एसईईमा अनुत्तीर्ण भएका तर […]

विराटनगर, साउन ७। विराटनगरको (काेबास कलेज छेउ) निल सदनमा नेपाली मौलिक खानाको स्वाद चाख्न चाहनेहरूका लागि नयाँ गन्तव्य थपिएको छ। हालै खुलेको चाम्रे चुकौनी खाजा घरले नेपाली परम्परागत खानालाई प्राथमिकता दिँदै स्थानीय र पर्यटकहरूलाई आकर्षित गरेको छ। रेस्टुरेन्टका संचालकका अनुसार, विराटनगरमा बढ्दो संख्यामा खुलिरहेका बिरयानी र अन्य आयातित खानाका होटलहरूको बीचमा नेपालकै मौलिक खाजालाई प्रवर्द्धन […]

विराटनगर, साउन ७‍ । विराटनगर-९ स्थित ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विज्ञान र व्यवस्थापन संकायका नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। कलेज प्रशासनले दिएको जानकारी अनुसार यस शैक्षिक सत्रकाे विज्ञान र व्यवस्थापन संकायमा उल्लेखनीय विद्यार्थी भर्ना भएका छन्। कार्यक्रममा कलेजका निर्देशकद्वय रविन्द्र […]