१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

चलचित्र गुन्जनमा प्रितम र साराको जोडी

Logo

पोखरा,भाद्र १२

माया प्रेमको कथा वस्तुमा बन्न लागेको नेपाली चलचित्र ‘गुन्जन’को सुटिङ मंगलवारबाट पोखरामा सुरु भएको छ ।  फिल्मको अधिकांश भाग पोखरामा नै सुटिङ हुने बताईएको छ  ।

महेश दवाडीको लेखन रहेको चलचित्रमा चितवनका नायक प्रितम राज सेन्चुरीको मुख्य भूमिका रहने छ भने प्रितमको साथ नायिका सारा श्रीपालीले दिने छिन् । साराले यस अघि चलचित्र ‘सुश्री सम्पत्ती’मा अभिनय गरेकी थिईन । प्रितमको भने यो पहिलो चलचित्र हो । चलचित्रमा बरिष्ठ अभिनेता सरोज खनालको अभिनय पनि रहने छ । त्यस्तै चलचित्रमा नायक कबिर खड्काको पनि भूमिका रहेको छ ।

चलचित्र ‘गुन्जन’ हरि कृष्ण शाहीको प्रस्तुतीमा बन्न लागेको छ भने यसमा सुनिता शाहीको लगानी रहने छ । चलचित्रको छायंकन भने राजेश श्रेष्ठले गर्दै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]