०७ फाल्गुण २०८१, बुधबार
19-02-2025 , Wed
Gold Silver Price (6 Fagun 2081, TUE)
Fine Gold 1 Tola NRs. 169900
Silver 1 Tola Nrs. 1985

कुखुराको भालेले ठुंग्दा एक महिलाको मृत्यु

अस्ट्रेलियाका प्याथोलोजिष्टहरु परे छक्क
Logo
प्रकाशित आइतबार, भाद्र २२, २०७६

काठमाडौं,भाद्र २२
कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए ।
उनको मृत्युलाई लिएर प्याथोलोजिष्टहरुले अनुधान पनि गरेका थिए । अनुसाधनको प्रतिवेदनमा भनिएको छ ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’
थप लेखिएको छ ‘ भालेले वृद्धाको खुट्टामा पहिलेदेखिनै सुन्निएको नसामा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको देखिन्छ,’
भाले ठुंग्नु एउटा कारक मात्र भएको तर महिलामा रहेको रोगले नै गर्दा उनको ज्यान गएको प्रतिवेदनको अन्त्यमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]

विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् । ´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे […]

विराटनगर, पुष ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल […]