२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

नेपालमा सात पाकिस्तानी आतंकवादी प्रवेश

नेपाललाई टङान्जिट बनाउदै भारतमा आतंक मच्याउने योजना
Logo
janacharcha प्रकाशित सोमबार, भाद्र २३, २०७६

काठमाडौं, भाद्र २३
भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् ।

सात पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै वीरगञ्जसम्म आइपुगेको बताईएको छ । दुबै देशका सुरक्षा निकाय कश्मीर घटनपछि उच्च सर्तकतामा छन् । भारतीय सुरक्षा निकायले ती पाकिस्तानीहरूको सबै गतिविधि नजिकबाट हेरिरहेको जनाइएको छ ।
भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश्मीरमा पाकिस्तानबाट घुसपैठ गर्न मुश्किल भएको बताईएको छ । आतंवादीहरूले नेपालको बाटो हुदै भारत प्रवेश गरेर आतंकवादी घटना गराउने षड्यन्त्रमा लागेको भारतीय सुरक्षा तथा संचारमध्यमहरुको विषलेशण छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमान्डौं,१९ पुस । भारतीय विदेशमन्त्री एस जयशंकरले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। दुईदिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार बिहान काठमाडौं आइपुगेलगत्तै उनले यस्तो बताएका हुन्। “सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका निम्ति उत्साहित छु।” नेपाल-भारतको संयुक्त आयोगको सातौँ […]

विराटनगर, पुष १८ गरे असम्भव के छ र ? अनि काम जस्तोसुकै होस् , लाज किन ? यही कुरालाई व्यवहारत लागू गरेका छन् , पन्जाव भारतका डाक्टर , सन्दिप सिंहले । चार विषयमा स्नातकोत्तर र कानूनमा पिएचडी गरेका सिंह अहिले , तरकारी बेच्ने काम गर्देछन् । ३९ बर्षीय डा. सिंह पन्जावी विश्वविधालय, पटियालामा एक अनुबन्धित […]

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]