३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

हक र अधिकारका लागी संविधान संसोधन गर्नुपर्ने : कर्ण

संघिय समाजवादी पार्टी नेपाल,भद्रपुरमा शत्रुधन चौधरी
Logo

विराटनगर, कार्तिक ७
संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तेजलाल कर्णले संविधान संशोधन गराएर सवै समुदायको समान हक र अधिकार स्थापीत गर्नुपर्नेमा जोड दिए । संघिय समाजवादी फोरम नेपाल भद्रपुर नगर कमिटिको बिहीबार भद्रपुरमा भएको भेलामा उनले यस्तो बताएका हुन् ।

नेता कर्ण

कार्यक्रममा बोल्दै उनले मुलुकमा संघीय गणतन्त्र संस्थागत गर्न पार्टी समाजवादी पार्टी मात्र भएकाले सवै उत्पीडन र असमान्ता अन्त नभएर सम्म निरन्तरण संघर्ष गर्ने बताए । ठुलो शक्ति समाजवादी पार्टी बन्ने भएकाले जनताको हरेक समस्यालाई आफ्नो समस्या बुझेर सहयोग गर्न कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।

 

भद्रपुरको अध्यक्षमा चौधरी
पार्टीको केन्द्रीय सदस्य तेजलाल कर्णको प्रमुख अतिथिमा भद्रपुरमा भएको भेलाबाट संघिय समाजवादी फोरम नेपाल भद्रपुर नगर समितिको अध्यक्षमा शत्रुधन चौधरी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा चार जना रहेका छन् । उपाध्यक्षहरूमा सुमद कामती, सरस्वती कुन्दवा, दिपेश रणपहैली रहेका छन् । सचिवमा डुकपा राई, सहसचिबमा पिङ्गकी मण्डल र कोषाध्यक्षमा विकास गुप्ता रहेका छन् ।

समितिका अन्य सदस्यहरूमा राजेश गुप्ता , राकेश राजवंशी, अजय कर्ण, अमेश चौधरी ,लकर सहनी, लक्ष्मण महतो लगायतका रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य पृथ्वी नारायण कार्की र झापा जिल्ला अध्यक्ष दिपेन वाला राई लगायतकाले शुभकामना दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]