०९ आषाढ २०८३, मंगलबार
23-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

ज्याकेटको मुल्य २१० रुपैया मात्र ! कर छल्ने काइदा यस्तो

आनन्द भोपालका कर छल्नेको अब्बल सुचीमा
Logo

दिनेश खड्का
काठमाडौं, पुष १०
काठमाडौं महानगरपालिका अन्तर्गत न्युरोडस्थित आरबी कम्पेलेक्सका कपडा होलसेल व्यापारीहरुले व्यापाक कर छली गर्ने गरेको पाईएको छ । उनीहरुले नेपालका विभिन्न ठाँउका खुद्रा व्यापारीहरुलाई लत्ताकपडा बेचबिखन गर्दा कम मुल्यको बिजकहरु जारी गरी कर छल्ने गरेको पाईएको हो । न्युरोड लगाएत काठमाडौंका अन्य स्थानहरुमा पनि यस्ता खाले कर छलीको कारोबार हुने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार होलसेल व्यापारीहरुले जारी गर्ने बिलमा समानको मुल्य ७० प्रतिशत भन्दा कम हुनु गरेको पाईएको छ । त्यसो गर्दा होलसेल व्यापारीहरुले ७० प्रतिशतसम्म कर छली गर्न मौका पाउदछन् । जनचर्चालाई प्राप्त केही त्यस्ता बिलहरुमा समानहरुको मुल्य अपत्यारीलो छ । प्राप्त बिलहरुमा ज्याकेटको २१० रुपैयाँ, बिनकल टिर्सट (भेष्ट) ८५ रुपैयाँ, विन्ड चिटर ३२५ रुपैयाँ, टाउजर १२० रुपैयाँ, जम्फर ४०० रुपैयाँ मुल्य उल्लेख भएको पाईएको छ । जुन असली समानको मुल्यभन्दा ७० प्रतिशत कम हो र किन्ने खुद्रा व्यापारीलाई पनि ७० प्रतिशत कमकै बिल दिइने गरेको पाईएको छ ।
१ लाख बराबरको एक बिलमा उनीहरुले १० हजार रुपैयाँ सम्म कर छली गर्ने गरेका छन् । एक वर्षभरीमा ठुला व्यापारीले दशऔं हजार बिल काट्ने गर्दछन् । यसरी हेर्ने हो भने उनीहरुले वर्षभरीमा राज्यलाई करोडौंको राजस्व छली गर्ने गरेका छन् ।
स्रोतका अनुसार काठमाडौंका व्यापारी आनन्द भोपालक कर छली गर्ने अब्बल सुचीमा छन् । उनी कर छली गरेर विगतका केही वर्षमै काठमाडौंको हाईप्रापईल एरिया घरघडेरी जोड्न र बैंकमा करोरडौं बैंक व्यालेन्स डिपोजिट गर्न सफल भईसकेका छन् । दाजुको व्यापार चम्कीएपछि उनका भाई अरुणले पनि काठमाडौंमा यही धन्धा शुरु गरिसकेका छन् ।
न्युरोडमै राजस्वको कार्यलयको शाखा रहेता भने उक्त विषयमा भने कार्यलय बेखबर रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

सुनसरी, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]