०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

एक व्यक्ति दुई नियुक्ति : विराटनगर राजस्व प्रमुखको डबल मजा

कानुन विपरित लेखापारिक्षक नियुक्त
Logo

विराटनगर, माघ २
विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षक नियुक्ति लिएका छन् । उनलाई महानगरपालिकाको शिक्षा शाखाले उक्त नियुक्ति दिएको हो । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् ।
प्रधान एर एण्ड एसोसिएटको फर्मबाट प्रधानलाई विराटनगरको जनपथ मा.वि. र मदरसा फैजुनवि विद्यालयमा नियुक्ति गरिएको छ । महानगर अन्तर्गत नै संचालनमा रहेको विद्यालयहरुमा महानगरकै कर्मचारीले लेखापरिक्षकको नियुक्ती पाए आर्थिक अनियमितामा सघाउ पुग्ने जानकारहरु बताउछन् । त्यसको अलावा दोहोरो सुविधा हुने भएकाले पनि एक ठाँउका कर्मचारीले अन्य ठाँउमा काम गर्न बन्देज गरिएको छ ।
त्यसबाहेक पनि प्रधानले विराटनगरको अन्य ४ दर्जनभन्दा बढी विद्यालयमा लेखापरिक्षकहरु नियुक्तिमा आर्थिक चेलखेल गरेको स्रोतको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]