०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका वडाध्यक्ष र सर्वदलको नेताहरुले राहतको खाद्यान्न घोटाला गर्ने गरेको मेयरको आशंका

Logo

विराटनगर, चैत २४
वडाध्यक्ष तथा सर्वदलका नेता मिलेर राहतको खाद्यान्य समाग्री घोटाला गर्ने गरेको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलले आशंका व्यक्त गरेका छन् । सोमबार शनिबार एक  रेडियोमा अन्तर्वार्ता दिदै मेयर पराजुलीले स्थानीयस्थरमा वडाध्यक्ष र सर्वदलका नेताहरु मिलेर कसरी अनियमितता गर्छन् भन्ने बारेमा व्याख्या गर्दै विराटनगरमा पनि उही परिपाटिले प्रशय पाएकाे बताएका हुन्  ।

आडियाे : कपी राइट दावीका कारण डिलिट गिरीएकाे छ ।  (चाँडै मेयर पराजुलीकाे भनाइकाे डुप्लिकेट कपी तँपाइ समक्ष प्रस्तुत गर्ने छाै‌ )

मेयर पराजुलीले घुमाउरो पारामा धेरै राहत समाग्री पाउनको लागी विराटनगरका वडाध्यक्षहरुले फर्जी नाम सिफरिस गर्ने गरेको बताएका छन् । वडामा ठलो शंख्यामा विपन्न नागरिक भएको फर्जी डाटा देखाएर आवश्यकता भन्दा धेरै राहत समाग्री मगाउने गरेको मेयर पराजुलीले सर्वदलका नेता तथा वडाध्यक्ष माथि आरोप लगाएका छन् ।

के भनेका थिए भिम पराजुलीले जस्ताकाे तस्तै 

“एउटा परिपाटि के छ भन्दाखेरी सर्वदलीय हिसाबमा नाम संकलन गर्नुपर्छ वडाध्यक्षको नेतृत्वमा त्यसपछि स्थानीय जनप्रतिनिधि पार्टिका प्रमुखहरु हुन्छन्,कम्तिमा यो कस्तो हो भनेदेखि नैतिकताको कुरा हो इमानदारीताको कुरा हो । तँपाई कुनै वडाको वडाध्यक्ष हुनुहुन्छ सर्वपक्षिय रुपमा नाम संकलन गरेर ल्याउनु भयो भने नगरपालिकाले त रोक्न सक्दैन, हामीसँग रोक्ने आधारपनि हुदैन, तँपाईले संयुक्तरुपमा छलफल गरेर ल्याएको विषयहरु हो । त्यौ चै मैले(वडाध्यक्ष) के गर्न भन्ने मेरो (वडाध्यक्ष) नैतिकताको विषय हो ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]