१० फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सरिता गिरीको संशोधन प्रस्ताव आजै अस्वीकृत हुनसक्ने

Logo

काठमाडौं, जेठ ३१
नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन नगर्न भन्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको प्रस्ताव आज बस्ने प्रतिनिधिसभाको बैठकले अस्वीकृत गर्ने तयारी गरेको छ । दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सासंद गिरी प्रस्ताव खारिज गर्न सक्ने अधिक्तम संभावना रहेको स्रोतले बताएको छ ।
केही समयअघि सरकारले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक, कुटी, लगाएको भूभाग नेपालको नयाँ नक्सा जारी गरेको थियो । यही नँया नक्सालाई संवैधानिक मान्यता दिनका लागी सरकारले निशान छाप परिर्वतनको विधेयक संसदमा दर्ता गराएको थियो । नेपालको नँया नक्सा र सरकारले त्यसअनुसार बनाएको निशान छापको विपक्षमा उभिदै केहि दिन अघि मात्र सासंद गिरीले निशान छाप परिवर्तन गर्नु नहुने संसोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
उक्त प्रस्ताव राष्ट्रघाती भएको भन्दै देशैभरि सासंद सरिता गिरीको आलोचना र विरोध भएको थियो । देशद्रोह गरको आरोप लगाउदै केहि युवाहरुले काठमाडौंमा रहेको सासंद गिरीको घर समेत तोडफोड गरेका थिए ।

सासंद गिरीआवद्ध समाजवादी पार्टीले समेत सरकाले ल्याएको निशानछपा परिवर्तन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आफ्नै पार्टिको निर्णयविरुद्ध गईसंसोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई समाजवादी पार्टिले कडा कारवाही गर्ने चेतावनी समेत दिइसकेको छ ।
सांसद सरिता गिरीको प्रस्ताव भौगोलिक अखण्डता विपरीत भएका कारण उक्त प्रस्ताव सभामुखबाट अस्वीकृत गराउने तयारी रहेको छ ।

सांसद सरिता गिरीको जन्म सनं १९६१ सालमा भारतको विहारको हाजीपुर/ सोनपुर जिल्लामा भएको हो । उनले प्लस टु ( तत्कालीन आइएससी) सम्म भारतबाटै अध्ययन गरेकी थिइन् । उनी वि.सं. २०३५को अन्त्यतिर नेपाल प्रवेश गरेकी थिईन । वि.स. २०३६ सालमा नेपालको लहन नगरपालिकाको वस्तीपुर निवासी लक्ष्ण गिरीसँग सासंद सरिता गिरीको बिवाह भएको थियो । श्रीमन लक्ष्मण गिरीको भने देहान्त भईसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]