२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

प्रचण्ड– दुबई टु नेपाल, ओली– नेपाल टु सिगांपुर

Logo

काठमाडौं, श्रावण १९
पारिवारिक भ्रमणका क्रममा दुबई रहेका नेकपा अध्यक्ष प्रचण्ड गएराति नेपाल फर्किएका छन् । पुत्र प्रकाश दाहालको वियोगमा छटपट्याईरहेकी सीताको मन बहलाउन दाहल परिवार बेलाबेला पारिवारिक भ्रमणमा निस्कने गर्दछन् । दाहाल परिवार गत मंगलबार दुबई घुम्न गएका थिए । छोराको वियोगका कारण सीता जीवन्तकालिन रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् ।
त्यस्तै नेकपाका अर्का अध्ययक्ष एवं् प्रधानमन्त्री केपी शर्मा ओली पनि नियमित स्वास्थ्य परीक्षणका लागि शनिवार साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । टेलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिब्या सिंह सिंगापुर रहेका छन् । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । उपचारको क्रममा प्र.म. ओली एक हप्तासम्म अस्पतालमै रहनेछन् । १२ वर्ष अघि मिर्गौला भारतमा प्रत्यारोपण गराएका पश्च्यात प्र.म. ओली नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।
स्वास्थ्य परिक्षण गरेर पुन ः शनिवार नेपाल फर्कने उनेको योजना रहेको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]