१० माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

प्रचण्ड– दुबई टु नेपाल, ओली– नेपाल टु सिगांपुर

Logo

काठमाडौं, श्रावण १९
पारिवारिक भ्रमणका क्रममा दुबई रहेका नेकपा अध्यक्ष प्रचण्ड गएराति नेपाल फर्किएका छन् । पुत्र प्रकाश दाहालको वियोगमा छटपट्याईरहेकी सीताको मन बहलाउन दाहल परिवार बेलाबेला पारिवारिक भ्रमणमा निस्कने गर्दछन् । दाहाल परिवार गत मंगलबार दुबई घुम्न गएका थिए । छोराको वियोगका कारण सीता जीवन्तकालिन रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् ।
त्यस्तै नेकपाका अर्का अध्ययक्ष एवं् प्रधानमन्त्री केपी शर्मा ओली पनि नियमित स्वास्थ्य परीक्षणका लागि शनिवार साँझ सिङ्गापुर प्रस्थान गरेका छन् । टेलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिब्या सिंह सिंगापुर रहेका छन् । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । उपचारको क्रममा प्र.म. ओली एक हप्तासम्म अस्पतालमै रहनेछन् । १२ वर्ष अघि मिर्गौला भारतमा प्रत्यारोपण गराएका पश्च्यात प्र.म. ओली नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।
स्वास्थ्य परिक्षण गरेर पुन ः शनिवार नेपाल फर्कने उनेको योजना रहेको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]