०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कालाेकर्तुत ढाकछाेप गर्न व्यापारी मुरारकाकाे धम्कीपुर्ण विज्ञप्ती : पिसिआर मेसिन खरिद प्रकरण

Logo

विराटनगर,  भदौ १२

आफैंले चन्दा दिएको देखाएर संकलित रकमबाट पीसीआर मेसिन खरिद गरी त्यस वापतको ८ लाख रुपैयाँ कमिसन लिएका विराटनगरका उद्योगी प्रदीप मुरारकाले आफ्नो बचाउका लागि अन्य उद्योगी व्यवसायीलाई समेत प्रयोग गर्ने प्रयास थालेका छन् ।

मेसिन खरिद प्रक्रियाका लागि गठन भएको भनिएको कोभिड राहत कोष समितिका नामबाट सार्वजनिक बेनामे विज्ञप्ति निकाल्न लगाएर उनले खरिद प्रक्रियालाई नै भ्रमित पार्ने प्रयास गरेका हुन् ।

नेपालकै प्रतिष्ठित औधोगिक/व्यवसायिक संस्था मोरङ व्यापार संघको इमेलबाट सञ्चारकर्मीहरुलाई पठाइएको उक्त बेनामे विज्ञप्तिमा हस्ताक्षर गर्ने कसैको पनि नाम उल्लेख छैन ।

विराटनगर महानगरपालिकाभित्र बढ्दो कोरोना महामारीमा स्वाब परीक्षणको रिपोर्ट आउन पाँच दिनसम्म लाग्न थालेपछि सामाजिक सञ्जालमा चन्दा उठाउने चर्चा सुरु भएको थियो ।

चन्दा सहयोगको चर्चा सुरु भएलगत्तै महानगरपालिकाका मेयर भीम पराजुलीले मेसिन खरिदका लागि सहयोग जुटाउन भन्दै उद्योगी व्यवसायीहरुसँग छलफल गरेका थिए ।

विराटनगरमा सामाजिक उत्तरदायित्वमा पछि नहट्ने क्रियाशिल उद्योगी व्यवसायीहरुले चन्दा सहयोग गर्ने एकपछि अर्को घोषणा पनि गरे ।

पीसीआर मेसिन खरिदका लागि मेयर पराजुलीसँगको परामर्शमा गठित राहत कोष समितिले छिटो मेसिन उपलब्ध गराउने शर्तमा उद्योगी प्रदीप मुरारकासँगकै राय सल्लाहमा मेसिन खरिद प्रक्रिया अगाडि बढाएको थियो ।

प्रदीपका छोरा शिशिर मुरारका नेपालमा मेडिकल उपकरणको आयात गर्ने कार्यमा संलग्न रहेका कारण उनकै सहयोगमा मेसिन विराटनगर आइपुगेको थियो ।

तर चन्दा उठाएर किनिएको उक्त पीसीआर मेसिनको मुल्य कम्पनिले दिने मुल्यभन्दा आठ लाख रुपैयाँ बढी देखाएर खरिद गरेको पाइएको हो ।

काठमाडौंस्थित जेएचएस एनालाइटिक ट्रेडर्स भाटभटेनीको नामबाट काटिएको भ्याट बिलमा मेसिनको मुल्य ३१ लाख ६४ हजार रुपैयाँ परेको उल्लेख छ ।

उक्त मेसिन जर्मनमा निर्मित हो । नेपालमा तेस्रो मुलुकमा निर्मित मेसिन भारतीय बजारबाट सिधै खरिद गर्न पाँइदैन । भन्सार विभागका एक अधिकारीका अनुसार तेस्रो मुलुकमा निर्मित उपकरण भारतबाट किनेर ल्याउन नपाइने व्यवस्था छ ।

जर्मनमा निर्मित क्वायजेन कम्पनीको उक्त ‘रोटर–जेन क्यू ५प्लेक्स एचआरएम सिस्टम’ मोडलको पीसीआर मेसिन भने सौरभ मार्केटिङ कन्सर्न इण्डिया नामको भारतीय कम्पनिबाट भैरहवा नाका हुँदै आयात गरिएको खुलेको छ ।

जेएचएस एनालाइटिक ट्रेडर्सले अहिलेसम्म खरिद गरेका उक्त मोडेलका पीसीआर मेसिन सोही भारतीय कम्पनिबाट खरिद गरेको जनाइएको छ ।

गैरकानुनी तरिकाले भारतीय बजारबाट मेसिन खरिदगर्दा कोरोना माहामारीको कारण देखाउँदै छिटो-छिटो भन्सार क्लियरेन्स गरिएको हुनसक्ने दाबी छ ।

तेस्रो मुलुकको सामान भारतीय बजारबाट बिक्री भएर आउनै नसक्ने अवस्थामा जर्मन कम्पनिबाट आयात हुँदा टाँसेको स्टिकर नै परिवर्तन गरेको हुनसक्ने पनि स्रोतले दाबी गरेको छ ।

प्रदीपका छोरा शिशिर संलग्न रहेको उक्त ट्रेडर्सलाई भारतीय एजेन्टले मेसिन बिक्री गरेको दाबी गरेको छ । आलोक नाम गरेका भारतीय एजेन्टले आफुले नै उक्त टे«डर्सलाई मेसिन बिक्री गरेको बताएका हुन् ।

मेडिकल इक्यूपमेन्टको आयातमा संलग्न एक स्रोतका अनुसार उक्त पीसीआर मेसिन २० लाख रुपैयाँमै सम्बन्धित कम्पनिले डेलिभरी दिंदै आएको थियो ।

भारतमा उत्पादन अर्डर गर्नका लागि नयाँ दिल्लीको केरोलबाघमा मेसिन निर्माता क्वायजेनको आधिकारिक ‘अर्डरिङ अफिस’ मात्रै रहेको छ ।

भारतमा सोही अफिसमार्फत मेसिन आयात भएर बिक्री हुने र त्यहाँबाट विभिन्न तरिका अपनाएर मेडिकल इक्विपमेन्ट निर्यात गर्ने कम्पनिहरुले नै नेपाली आयातकर्तालाई बिक्री गर्ने गरेको देखिन्छ ।

भारतीय कम्पनि हुँदै जेएचएस एनालाइटिक ट्रेडर्सलाई मेसिन बिक्रीका क्रममा उपलब्ध गराएको उक्त बिल पनि सक्कली भएको दाबी छ ।

यसरी रोकियो काेसीको टेण्डर

प्रदेश १ मा कोरोनाको संक्रमण बढ्नसक्ने अनुमान गर्दै पीसीआर परीक्षणको दर बढाउन कोसी अस्पतालको प्रयोगशालामा नयाँ पीसीआर मेसिन खरिद गर्ने जेठ महिनामै तयारी हुँदै थियो ।

त्यसका लागि सामाजिक विकास मन्त्रालयले बजेटसमेत निकासा गर्ने भयो । सोही बजेटबाट पीसीआर मेसिन खरिद गर्न टेण्डरको तयारी गर्दैगर्दा खरिद टेण्डर अचानक रद्द भयो ।

कोसी अस्पताल स्रोतका अनुसार त्यतिबेला एक अमेरिकन कम्पनिको पीसीआर मेसिन बिक्री गर्ने नेपाली बिक्रेताले पनि २० लाखको हाराहारीमा अझ राम्रो मेसिन दिनसकिने भन्दै टेण्डरका लागि चासो देखाएका थिए ।

तर जर्मन कम्पनिको उक्त मेसिन बिक्री गर्दै आएको जेएचएस एनालाइटिक ट्रेडर्सले मुरारकामार्फत नै टेण्डर रोकेर निःशुल्क रुपमा मेसिन उपलब्ध गराउने योजना तयार गर्यो ।

कोरोना भाइरसको महामारीका कारण पीसीआर मेसिनको माग बढ्न थालेपछि जेएचएस एनालाइटिकले भैरहवा नाका हुँदै करीव १० वटा मेसिन नेपाल भित्र्याएको भन्सार स्रोतले जनाएको छ ।

उक्त मोडेलको मेसिन जेएचएस एनालाइटिकसँग मात्रै भएकोले मुल्यमा सिण्डिकेट सुरु भयो । त्यसपछि मेसिनको मुल्य बढाएर बिक्री गर्ने खेल अघि बढ्यो ।

कोसी अस्पतालले २०७७ असार १८ गते पीसीआर मेसिनसहित पीसीआर ल्याबका लागि आवश्यक पर्ने अन्य उपकरण खरिद गर्ने भन्दै एउटा दैनिक पत्रिकामा सूचना निकालेको थियो ।

कोसी अस्पतालले असारमा निकालेको पीसीआर मेसिन खरिद सम्बन्धि सूचना ।

सोही बेलादेखि जेएचएस एनालाइटिक ट्रेडर्सले आफ्नो मेसिन किनाउन उक्त टेण्डर प्रक्रियालाई प्रभावित पार्ने खेल सुरु गरेको स्रोतको दाबी छ ।

कोसी अस्पतालका एक कर्मचारीका अनुसार त्यतिबेलै ‘सित्तैमा पीसीआर मेसिन आउँछ’ भनेर आफुलाई पनि सुनाइएको जानकारी दिए ।

तत्कालै किन्दा मेसिनको मुल्य महंगो पर्ने र मेसिन उपलब्ध गराउन समय लाग्ने इत्यादि कारण देखाएर त्यतिबेलै खरिद कार्य प्रभावित पारिएको कुरा अहिले थाहा पाएको उनले सुनाए । ल्याबका प्राविधिकहरुसँगको परामर्श बिनै त्यसपछि उक्त खरिद प्रक्रिया पनि रोकियो ।

कोसी अस्पतालले गत शुक्रबार (भदौ ५) मात्रै पीसीआर ल्याबका लागि सिलबन्दी क्याटलग खरिद प्रक्रियाबाट बायो सेफ्टी क्याबिनेट र डिप फ्रीजर खरिद गर्ने सूचना निकालेको छ ।

महानगरपालिकामार्फत सित्तैमा पीसीआर मेसिन प्राप्त हुने भएपछि पीसीआर ल्याबका लागि आवश्यक पर्ने अन्य उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाइएको कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

बेनामे विज्ञप्तिबाट मनोवैज्ञानिक त्रास

बिहीबार सार्वजनिक भएको बेनामे बिज्ञप्तिमा सहयोगी दाताहरुले स्वच्छ मनका साथ चन्दा सहयोग प्रदान गरिएको भन्दै प्रकासित समाचारहरु प्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा मेसिन खरिद प्रक्रियामा लागेका आरोप गलत भएको दाबी गरिएको छ ।

तर आफैंले मात्रै चन्दा दिएर पीसीआर मेसिन किनेको जस्तै गरी मेसिन फिर्ता लिनेसम्मको मनोबैज्ञानिक त्रास महानगरबासीलाई फैलाइएको छ ।

अन्य सरोकारवालाहरुलाई बहकाउने प्रयास गरिएको छ । आफैंले कोष बनाएको र रकम जम्मा गर्ने पनि हस्ताक्षरवाला व्यक्तिहरु मात्रै भएको भन्दै अन्य सहयोगी दाताहरुको अवमुल्यन गरिएको छ ।

बेनामे विज्ञप्तिमा पीसीआर मेसिन खरिद प्रक्रियामा अनियमितता हुनै नसक्ने दाबी छ । साथै आफुहरु विरुद्ध कसैले समाचार लेखे भोलीका दिनमा विराटनगरमा चन्दा सहयोग जुटाउनै समस्या पर्ने चेतावनी पनि दिइएको छ ।

पीसीआर मेसिन निर्माता कम्पनि क्वायजेनबाट उपलब्ध स्टिमेट बिल तथाकथित भएको, भारु १२ लाख ५० हजार (नेरु २० लाख रुपैयाँ) मा विराटनगरमा मेसिन उपलब्धै हुने नसक्ने र हुने भए ४० लाखमा दुईवटा मेसिन किनिदिने उद्योगी मुरारकाले घोषणा गरेको पनि उल्लेख छ ।

यसअघि उद्योगी मुरारकाले नै एउटा मेसिनलाई ४० लाख रुपैयाँ पर्ने भन्दै महानगरपालिकासँगको बैठकमा ब्रिफिङ गरेपछि मेयर पराजुलीले पनि त्यहि कुरा सञ्चारकर्मीहरुलाई सुनाएका थिए । मुरारकाले विराटनगरका लागि सस्तोमा मेसिन उपलब्ध हुने बताएका थिए ।

समाचार स्राेत : उद्घाेष दैनिक (साभार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

सुनसरी, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]