२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

Logo
प्रकाशित बुधबार, साउन २२, २०७६

काठमाडौं, श्रावण २२
सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ एवं पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको मृत्यु हृदयघातको कारण भएको खुल्न आएको छ । मंगलबार साँझ उनलाई हृदयघात भएपछि तत्कालै राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागी पु¥याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको अस्पतालको भनाई छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन् ।
सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी सुष्माको त्यसपश्च्यात स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । सोही कारण यसैवर्ष भएको आम निर्वाचनमा समेत उनले उम्मेद्वारी दिएकी थिइनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]

विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् । ´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे […]

विराटनगर, पुष ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल […]