१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

पास वितरणमा विवाद : विराट गोल्डकप २०२१

Logo

विराटनगर, चैत्र २८
विराटनगरको शहिद–रंगशालामा संचालन भईरहेको विराट गोल्ड कप प्रतियोगीताको पास वितरणमा विवाद उत्पन्न भएको छ । गोल्ड कपमा आवश्यक व्यक्तीहरुले मात्र पास पाउनु पर्नेमा खल प्रवृतिका व्यक्तीको घाटीमा झुण्डिएको भेटिएपछी पास वितरणको विषयमा विवाद चुलिएको हो ।

यस पटकको गोल्डकपमा अफिसियल पासको नाममा वितरण गरिएको पास चरम दुरुपयोग भएको पाईएपछि सो मुद्दाले विवादको रुप लिएको छ । गोल्डकपका संयोजक मनोज बिक्रम साहले आफ्नो दवदवा देखाउनकै लागी मात्र विना कामका मान्छेलाई अफिसियल पास वितरण गरेको पाईएपछि विराटनगरमा साहको आलोचना हुन थालेको छ ।

त्यस्ता अफिसियल पास भिरेका व्यक्तीहरु खुलेआम बाटोमा धुँवा उडाउदै हिडेदै गरेको , मादक पदार्थ सेवन गरेर ठुस्ठुस्ती गनाउने भएर पाराफिट दुर्गन्धित बनाएको दृश्य समेत देख्न सकिन्थ्यो । त्यस्ता जमातको आवत जावत भएको कारण त्यहाँ आउने सर्वसाधारण तथा महिलाहरुलाई पनि असुरक्षीत महशुस गराईरहेको छन् ।

स्रोतका अनुसार उक्त पासहरु स्वयम् गोल्डकपका संयोजक मनोज बिक्रम साहले नै वितरण गरेको बुझिएको छ । सन् २०११ ताका कुख्यात डनका रुपमा परिचत पर्शुराम बस्नेतको संगतमा रमाएका साहको खल साथी–सर्कल अझै हराएको छैन । सोही खल साथी–सर्कलको बिचपनि धेरै अफिसियल कार्डहरु वितरण भएको स्रोत बताउँछ ।

साहले अफिसियल बाहेक अन्य प्रयोजनको लागी दिईने पासमा समेत विभेद गरेको समेत पाईएको छ । संस्थागत रुपले सबै मिडीयाहरुलाई बराबर पास दिनुपर्नेमा उनले आफु विरुद्ध समाचार लेख्ने मिडियालाई पास नदिएको र आफ्नो वाहवाही गर्ने मिडियाहरुलाई जथाभाबी पास बाढेका छन् ।

“एक मिडिया एक पास भन्ने निती” अवलम्वन गरेर पास वितरण गर्ने भनिएकोमा उक्त निती को कार्यन्यन भएको देखिएन । गोल्डकपमा साह निकटका मिडियाहरुले धेरै पास पाए भने उनका विरुद्धमा समाचार लेख्ने मिडियाहरुलाई एउटा मात्र पास  दिइयो र कतिले एउटा पनि हात पार्न सकेनन् । साहको उक्त विवेदकारी कार्ययोजनाले मिडियाको सुचना सम्प्रेषण गर्ने अधिकार समेत हनन भएको छ ।

यसबाहक पनि साहले भिआईपी पासहरु समेत राज्यले भिआईपी सुचिकृत नगरेको व्यक्तिहरुलाई विरतण गरेको समेत पाईएको छ । संयोजक भएको आडमा साहले भिआईपीको स्थानमा उनले आफ्नो आसेपासे तथा नातागोता र उनका नजिकका ठुटे नेतालाई राख्ने गरेको समेत पाईएको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]