०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कांग्रेस विराटनगर सभापतिमा चार जनाको दाबी

Logo

विराटनगर, असार १०
नेपाली कांग्रेस विराटनगरको नँया नतृत्वका लागी ४ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । नयाँ सभापतिको लागि दीपक चापागाई, अरुण न्यौपाने, कृष्ण कार्कि र सन्तोष न्यौपानेले दाबेदारी प्रस्तुत गरेका हुन् । साउन १६ गते नेपाली काग्रेस विराटनगरको अधिवेशन हुँदै छ ।

दीपक चापागाई शेखर कोइराला निकट छन् । उनी २०४८ सालदेखी नेपाली काग्रेसमा सक्रिय छन् । चापागाईले दोस्रो पटक सभापतिमा उम्मेद्वारी दिएका हुन् । २०३४ सालमा चापागाईका हजुरबुबा मुक्तिप्रसाद काङ्ग्रेस मोरङको सभापति बनेका थिए । उनका बुबा पनि काङ्ग्रेसको राजनीतिमै थिए ।

सन्तोष न्यौपानेलाई नेता अमृत अर्यालको समर्थन छ । अर्याल सभापति देउवा समूहमा छन् । न्यौपानेले नेपाल विद्यार्थी सङ्घ विराटनगरको दुई कार्यकाल नेतृत्व गरीसकेका छन् ।

अरुण न्यौपानेले आफूलाई साझा उम्मेद्वार रहेको बताएका छन् । तर उनी नेता कृष्णप्रसाद सिटौलासँग नजिक रहेको बुझिएको छ । न्यौपाने नेपाली काङ्ग्रेस विराटनगरको कार्यबहाक सभापतिको हुन् ।

त्यस्तै कृष्ण कार्किले समेत आफूलाई साझाँ बताउँदै आएका छन् तर उनलाई गगन थापाको समर्थन रहेको बुझिएको छ । कार्किले नेविसघंबाट राजनीति शुरु गरेका थिए । उनी नेविसघंको केन्द्रीय सहमहामन्त्री समेत भईसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]