११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सुन्दरहरैँचामा भदौ ३ र ४ राधाकृष्ण महोत्सव हुने

Logo

विराटनगर, साउन २५
निरज बस्नेत

श्री राधाकृष्ण रथयात्रा समारोह समितिले सुन्दरहरैँचामा वृहत् धार्मिक महोत्सवको आयोजना गर्दैछ । समारोह समितिका अध्यक्ष रणबहादुर श्रेष्ठका अनुसार यो धार्मिक महोत्सव यही ३ भदौदेखि ४ भदौसम्म गरेर दुईदिनसम्म चल्नेछ । जसमा विशेष प्रवचन, भजनकीर्तन, कृष्णलीला तथा लाखे नाच, विविध झाकीसहितका थप कार्यक्रम, रथयात्रा लगायत अन्य छन् ।

सनातन धर्मावलम्वी नेपालीहरुले बर्षोदेखि मनाईदैं आईरहेको श्री कृष्ण जन्माष्टमी तथा राधाकृष्ण रथयात्रा महोत्सवको आयोजना वृहत रुपमा यसपाली पनि हुदैंछ । यस मामलामा राधाकृष्ण रथयात्रा समारोह समितिका सचिव परमात्मा ओझा सहितको टीम अहोरात्र खटिरहेका छन् । अध्यक्ष श्रेष्ठको सक्रियता त छदैछ ।

भदौ ३ गते साझ ७ बजेवाट कालीखोला राधाकृष्ण मन्दिर प्राङ्गणमा विशेष प्रवचन हुनेछ । यसको साथमा भक्तजनहरुको सामिप्यतामा भजनकीर्तन लगायत अन्य धार्मिक अनुष्ठानहरु हुनेछ । ४ भदौमा विहान ९ बजेदेखि रथयात्रा सुरु भई १० बजे एकाकार हुने र सम्वोधन गरिने, पुनः रथलाई खोर्साने सम्म पुर्याईनेछ । तत्पश्चात त्यहीवाट रथलाई पूर्व फर्काई मन्दिर प्रांगणमा पुर्याईने कार्यक्रम छ । यही पश्चात् कार्यक्रम विधिवत् रुपमा समापन हुनेछ । यस भव्यसव्य वृहत् धार्मिक श्री राधाकृष्ण रथयात्रा समारोह कार्यक्रमलाई सफल बनाउन सबैको साझा र सहभागितामूलक सहयोगको अपेक्षा राधाकृष्ण समारोह समिति सुन्दरहरैचा मोरङले राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]