२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा भारत–पाकिस्तान महाभिडन्त

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

विराटनगर, भदौ १२
निरज बस्नेत

विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलभित्रको सेन्ट्रल मल्टिप्लेक्समा आज एशिया कप अन्र्तगतको भारत–पाकिस्तान बीचको महाभिडन्त हुदैछ । आज साँझ ७ः४५ बजेबाट म्याच शुरु हुनेछ ।

टि–ट्वान्टी फर्मायटको एशिया कपमा चिरप्रतिद्धन्द्धी भारत विरुद्ध पाकिस्तान बीचको यस म्याचलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । दुवै राष्ट्रमा क्रिक्रेटलाई धर्मकै रुपमा दाँजिन्छ । भारतको क्रिकेट संघ विसिसिआई संसारकै दोस्रो धनी खेलकूद संस्था हो । यता पाकिस्तान क्रिक्रेट संघ पिसिवी भने आर्थिक मन्दीसँग जुधिरहेको छ । खैर, यो त आर्थिक पाटोको कुरो भयो ।

मेनकुरो मेनरोड विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रत्यक्ष प्रशारण गरिने आजको भारत–पाकिस्तान बीचको महत्वपूर्ण म्याचकै हो । अक्सर, दुई राष्ट्र बीचको प्रत्येक खेललाई संसारभर अरु राष्ट्रले समेत चासो पूर्वक हेर्ने गर्दछन् । भारतको राष्ट्रिय खेल हक्की हो । तर, भारतमा क्रिकेटमा जतिको लगाव हक्कीमा त के, अन्य कुनै खेलमा छैन ।

भारतमा तिन कुरा बढी फोकसमा छ । पहिलो राजनीति, दास्रो फिल्म ईन्डष्ट्रिज र तेस्रो क्रिक्रेट हो ।

याद गरौ, पाकिस्तान यस्तो देश हो । जहाँका प्रधानमन्त्री समेत क्रिक्रेटकै हस्ती ईमरान खान हुन् । ईमरान आफ्नो जमानाका यस्ता क्रिक्रेटर हुन्, जसको कप्तानीमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिक्रेटको उपाधि चुमेको हो । पूरा ४० ओभरको म्याच भएमा ४ देखि ५ घण्टा हुनेछ ।

भारत रोहित शर्माको कप्तानीमा मैदानमा उत्रिनेछ, भने पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछ । दुवै राष्ट्रमा प्राय युवाकै वर्चस्व छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]