०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चर्चित व्यक्तित्व उद्दव पौडेल अव विराटनगर नै बस्ने

Logo

विराटनगर, कार्तिक २३
निरज बस्नेत
बहुप्रतिभाशाली व्यक्ति उद्दव पौडेल अव सधैको लागि विराटनगर नै बस्ने निर्णयमा पुगेका छन् । विराटनगरबाट नै आफ्नो करियरलाई उँचाईमा पुर्याएँका पौडेल राप्रपाबाट समानुपातिक तर्फका प्रतिनिधि सभाका उम्मेदवार हुन् ।

नेपाल सरकारवाट दीर्घ साधना सम्मानबाट विभूषित पौडेल कुनै समयका पत्रकार समेत थिएँ । विराटनगरमा रहेर तत्कालीन समयमा, रोडशेष स्तम्भ, सहिद रंगशाला, कभर्ड हल, लगायत निर्माण गर्नुमा पौडेलको अहम् भूमिका रहेको हो । यतिवेला पौडेललाई चुनावी चटारोले व्यस्त बनाएको छ । जनताको नजिकमा रहेर जनताकै पीरमर्का बुझ्नमा यिनलाई अहिले भ्याई न भ्याई छ ।

निकट भविष्यमा आफ्नो नाममा रहेको उद्दव पौडेल फाउन्डेशनलाई विराटनगरमा नै सिफ्ट गर्ने महत्वपूर्ण योजना बनाएका छन् । उमेरले ७० पुग्न लागेका पौडेल अवको शेष जीवनलाई यही विराटनगरमा नै व्यतित गर्न चाहन्छन् । आसन्न मंसीर–४ को चुनावी लक्षित कार्यक्रमलाई मध्यनजर गर्दे पौडेलले केही प्रतिवद्दताहरु, सार्वजनिक गरेका छन् ।

अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्म संभव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, जनतावाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, प्रदेश खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना लगायत अन्य सामाजिक, आर्थिक मुद्दाहरु रहेका छन् । हलो चिन्हमा मतदान गरौ, देशको मुहार बदल्न मतलाई मनसँग जोडौ सहितको राष्ट्रिय स्लोगन बोकी पौडेल एककदम अगाडी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]