२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

कार्तिक ३० मा केपी ओली र उपेन्द्र यादवले लौकहीमा सम्वोधन गर्ने

Logo

विराटनगर, कार्तिक २९
निरज बस्नेत
देशकै ठूलो पार्टी एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको लौकहीमा कार्तिक ३० मा विशेष सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । यसका साथै जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले समेत यसै भेलालाई सम्वोधन गर्ने कार्यक्रम फिक्स भएको छ ।

एमाले एवं जसपाले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

सुनसरी क्षेत्र नं. ४ लाई लक्षित गर्दे उक्त कार्यक्रम हुदैछ । यसका साथमा सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका अन्य एमाले र जसपाका उम्मेदवारहरुले जनसभालाई सम्वोधन गर्ने जनाईएको छ ।

जसपासँग चुनावी तालमेल गरी होमिएको एमालेले आफ्ना उम्मेदवारलाई जिताउँन यो भेला गर्न लागेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]