२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विश्वकप फुटवल २०२२ अन्र्तगत सोमवार तिन खेल हुदैं

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

विराटनगर, मंसीर ५
निरज बस्नेत
कतारमा चलिरहेको विश्वकप फुटवल २०२२ अन्तर्गत सोमवार आज ३ खेल हुदैंछ ।

नेपाली समय अनुसार पहिलो खेल साँझ ६ः४५ बजे ईग्ल्याण्ड भर्सेज ईरानको बीचमा हुदैछ । यसमा ईग्ल्याण्डले जित्ने धेरैको अनुमान रहँदै आएँको छ । ईग्ल्याण्डको फुटवल औसतमा ईरान भन्दा उत्कृष्ट छ ।

दोस्रो खेलमा सेनेगलको सामना डच टोली नेदरल्याण्ड्सले गर्नेछ । सेनेगल त्यो टोली हो, जसले बलियो टोली फ्रान्सलाई विश्वकपकै कुनै एक म्याचमा हराईसकेको छ । यता डच टोली नेदरल्याण्ड्स समेत स्ट्रङ छ । आजको यी दुई बीचको खेल हेर्न लायकको हुनेछ । यो खेल नेपाली समय अनुसार ९ः४५ मा हुनेछ ।

आजै राती १२ः४५ मा अमेरिका विरुद्द वेल्स वीचको खेल हुनेछ । यो खेलमा कसले बाजी मार्ला अनुमान गर्न यसै भन्न हम्मेहम्मे पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]