०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विश्वकप फुटवल २०२२ मा मंगलवार ४ खेल हुदैं

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

विराटनगर, मंसीर ६
निरज बस्नेत
विश्वकप फुटवल २०२२ अन्र्तगत आज मंगलवार ४ महत्वपूर्ण खेल हुदैंछन् ।

नेपाली समयअनुसार दिउँसो ३ः४५ मा बलियो टिम अर्जेन्टिनासँग कमजोर साउदी अरेविया भिड्दै छ । फुटबलका स्टार खेलाडी लियोनल मेसीको बलियो साथमा अर्जेन्टिनाले आज आक्रमक शुरुवात गर्दे म्याच एकतर्फी रुपमा जित्ने फुटवलप्रेमीको अनुमान छ ।

आजै हुने दोस्रो खेलमा डेनमार्कले ट्युनिसियाको सामना गर्देछ । यस खेलमा डेनमार्कले पासा पल्टाउँने अनुमान रहेको छ । यो खेल नेपाली समय ६ः४५ मा हुनेछ ।

आज हुने तेस्रो खेल मेक्सिको र पोल्याण्ड बीचमा हुनेछ । यो खेल नेपाली समय ९ः४५ मा हुनेछ । यसमा मेक्सिकोले जित्ने पूर्वअनुमान हुदैंछ ।

आज राती १२ः४५ मा फ्रान्स विरुद्द अष्ट्रेलिया बीचमा आजको लागि अन्तिम म्याच हुनेछ । यस खेलमा फ्रान्स नैं हावी रहने अनुमान धेरैको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]