०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मोरङमा राप्रपा पार्टीको पत्ता साफ हुने संकेत

Logo

विराटनगर, मंसीर ६
निरज बस्नेत
राप्रपा पार्टीको पत्ता साफ हुने लगभग निश्चित प्रायः देखिन्छ ।  मोरङमा जम्मा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

मोरङ् – १ मा एमालेका घनश्याम खतिवडाको जित सुनिश्चित बन्दैछ । मोरङ्–२ मा एमालेबाट ऋषि पोखरेलको जितको संभावना बढेर गएको छ । मोरङ्–३ मा कांग्रेसका सुनिल शर्मा यतिवेला जितको अन्तिम घडीमा छन् ।

मोरङ्–४ बाट माआवादी केन्द्रका अमनलाल मोदीको जित प्रायः, प्रायः नजिक छ । मोरङ्–५ मा स्वतन्त्रका यागेन्द्र मण्डलको जित लगभग पक्कापक्की देखिन्छ । त्यस्तैगरी मोरङ्–६ बाट कांग्रेसका डा. शेखर कोईरालाको जित निश्चित प्रायः छ ।

यसरी हेर्दा मोरङमा राप्रपाले जिरो स्थान लिने प्रष्ट देखिन्छ । यसको कारण केलाउँदा सर्वप्रथम त राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन नै प्रमुख जिम्मेवार देखिन्छन् । राजेन्द्रले चर्चामा आएका पब्लिकले रुचाएका व्यक्तिलाई चुनावमा टिकट वितरणमा उपेक्षा गर्नु नै कारणमध्ये एक हो ।

 

विराटनगरमा रहेर सधै नै आफै पदको लागि मरिहत्ते गर्ने मधेसी समुदायका एक नेतालाई टाउकोमा चढाउनु, उसैलाई सधैभरि मौका दिईरहनु, पार्टीमा योगदान गरेका खास मान्छेलाई पन्छाउनु पनि मोरङमा राप्रपा पत्ता साफ हुनु विशेष कारण मानिएको छ ।

काठमाडौंबाट यसो कहिलेकाहीँ आएँर पार्टीप्रतिको खोक्रो योगदान दिनेलाई काँध थाप्नु पनि अर्को हारको कारण हुनसक्छ । बाहुन समुदायका एक नेता छन् , जो विराटनगरमा नै रहेर राप्रपा पार्टीबाट लाजनीति गर्देछन्, यिनको गलत हर्कतका कारण आज राप्रपा मोरङमा अप्ठ्यारो स्थितीमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]