२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

कतार विश्वकप फुटवलको उपाधि ब्राजिलले जित्ने पूर्वानुमान

Logo

विराटनगर, मंसीर २२
निरज बस्नेत

कतारमा जारी विश्वकप फुटवलको उपाधि ५ पटकको विश्व विजेता ब्राजिलले जित्ने पूर्वानुमान हुदैछ । फुटवलका जानकारहरुको अनुमान अनुसार ब्राजिलले यो पटकको विश्वकप उचाली उपाधि संख्यालाई ६ पुर्याउने यस्तै–यस्तै चर्चा जताततै चल्दैछ ।

ब्राजिलको पूरै खेलाडी राम्रो लयमा छन् । लिग चरणका खेलहरुमा ब्राजिलको पर्फमेन्स हेर्न लायकको थियो । प्रिक्वार्टरको आफ्नो खेलमा त ब्राजिलले एकतर्फी रुपमा खेललाई आफ्नो पकडमा पारी विपक्षी दक्षिण कोरियालाई ४–१ गोल अन्तरलले हराएको थियो ।

ब्राजिल प्रशिक्षक टिटेको कमाण्डमा मैदानमा उत्रिरहेको छ । मैदानमा फुटवल खेल्दाको नेतृत्व जर्सी नं. ३ का थिएगो सिल्भाले गरिरहेका छन् । ब्राजिलको खेल हुदा मैदानमा गएर नै ब्राजिलियन लिजेण्डहरु– रोनाल्डो, क्याफु, रोवर्टो कार्लोस, लगायतका हस्तीहरुले समेत खेलाडीहरुको हौसला बढाइरहेका छन् ।

यतिबेला विश्व फुटवलका महानतम् खेलाडी पेले उपचारार्थ जीवन मरणको दोसाधमा छन् । पेलेकै लागि भनेर ब्राजिलियन खेलाडीहरु समर्पित भएर फुटवल खेलिरहेका छन् । जुन ब्राजिलले उपाधि दिलाएर पेलेको सपना पूरा गर्न सक्दछन् । खासमा पेले मैदानमै गएर फुटवलको मज्जा उठाउन चाहन्थे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]