०४ कार्तिक २०८२, सोमबार
20-10-2025 , Mon
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

कतार विश्वकप फुटवलको उपाधि ब्राजिलले जित्ने पूर्वानुमान

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

विराटनगर, मंसीर २२
निरज बस्नेत

कतारमा जारी विश्वकप फुटवलको उपाधि ५ पटकको विश्व विजेता ब्राजिलले जित्ने पूर्वानुमान हुदैछ । फुटवलका जानकारहरुको अनुमान अनुसार ब्राजिलले यो पटकको विश्वकप उचाली उपाधि संख्यालाई ६ पुर्याउने यस्तै–यस्तै चर्चा जताततै चल्दैछ ।

ब्राजिलको पूरै खेलाडी राम्रो लयमा छन् । लिग चरणका खेलहरुमा ब्राजिलको पर्फमेन्स हेर्न लायकको थियो । प्रिक्वार्टरको आफ्नो खेलमा त ब्राजिलले एकतर्फी रुपमा खेललाई आफ्नो पकडमा पारी विपक्षी दक्षिण कोरियालाई ४–१ गोल अन्तरलले हराएको थियो ।

ब्राजिल प्रशिक्षक टिटेको कमाण्डमा मैदानमा उत्रिरहेको छ । मैदानमा फुटवल खेल्दाको नेतृत्व जर्सी नं. ३ का थिएगो सिल्भाले गरिरहेका छन् । ब्राजिलको खेल हुदा मैदानमा गएर नै ब्राजिलियन लिजेण्डहरु– रोनाल्डो, क्याफु, रोवर्टो कार्लोस, लगायतका हस्तीहरुले समेत खेलाडीहरुको हौसला बढाइरहेका छन् ।

यतिबेला विश्व फुटवलका महानतम् खेलाडी पेले उपचारार्थ जीवन मरणको दोसाधमा छन् । पेलेकै लागि भनेर ब्राजिलियन खेलाडीहरु समर्पित भएर फुटवल खेलिरहेका छन् । जुन ब्राजिलले उपाधि दिलाएर पेलेको सपना पूरा गर्न सक्दछन् । खासमा पेले मैदानमै गएर फुटवलको मज्जा उठाउन चाहन्थे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]