१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
Gold Silver Price (12 Mansir 2082, FRI)
Fine Gold 1 Tola NRs. 251100
Silver 1 Tola Nrs. 3360

रास्वपाले समानुपातिकतर्फ १३ सिटमा यसप्रकारले यी व्यक्तिहरु पठाउँदै

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

विराटनगर, मंसीर २२
निरज बस्नेत

असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट सुरक्षित गरेको छ ।

यसमा आदिवासी पुरुष तर्फबाट डा. ढाका कुमार श्रेष्ठ, खस आर्य पुरुषबाट डोल प्रसाद अर्याल, मुस्लिम पुरुषबाट असिम शाह, मधेसी पुरुषबाट मनीस झा, आदिवासी महिलाबाट इन्दिरा राना मगर, आदिवासी महिलाबाटै सुमना श्रेष्ठ, थारु पुरुषबाट अशोक चौधरी, मधेसी पुरुषबाट तपेश्वर यादव, खस आर्य पुरुषबाट दीपक बोहरा, दलित पुरुषबाट सन्तोष परियार, दलित महिलाबाट कल्पना रोक्का, र पिछडिएको वर्ग महिलाबाट विनीता कठायत रहेका छन् ।

रवि लामिछाने नेतृत्वको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको हो । संसदमा रास्वपाको कूल सिट अव २० पुग्ने निश्चित भएको छ । नयाँ सरकार बनाउनका लागि रास्वपा निर्णायक शक्ति हुने जस्तो देखिन्छ । रास्वपामा प्रत्यक्षतर्फ राम्रा–राम्रा मान्छेहरुको जित भएको देखिन्छ । संभावना भएकाले प्रत्यक्षतर्फ जित्नुलाई पनि रास्वपाले केन्द्रिय राजनीतिमा राम्रै पकड बनाउने देखिन्छ ।

महिला प्रत्यक्षतर्फ डा. तोसिमा कार्की, सोविता गौतमले काठमाडौबाट चुनाव जितेका छन् । यी दुवै आफ्नो क्षेत्रका सक्षम महिला हुन् । रवि स्वंले चितवन क्षेत्र नं. २ बाट चुनाव अत्यधिक मतले जितेका हुन् । सरसर्ती हेर्दा रास्वपाले केन्द्रिय राजनीतिमा तहल्का पिट्ने अड्कल काटिदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]