२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

मोरंग व्यापार संघमा वृहत छलफल कार्यक्रम

Logo

विराटनगर, मंसीर २६
निरज बस्नेत

मोरंग व्यापार संघ विराटनगरमा , चर्को बैंकको ब्याजदर एवं प्रतिफल बैंकिङ नीति सम्वन्धी बृहत छलफल कार्यक्रम आज सोमवार सरोकारवाला सवैसँग हुदैछ ।

कार्यक्रम मोरङ व्यापार संघकै समृद्दी हलमा हुनेछ । बैंकिङ नीतिहरुको बदलिएको कार्यक्रमले समाजका सवै वर्ग पीडित भएकोप्रति सवै वर्गसँग व्यापक छलफल कार्यक्रम हुन लागेको हो ।

निजी क्षेत्रका सवै संघ–संस्थाका प्रमुख एवं सम्पूर्ण वस्तुगत संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु उपस्थित हुनेछन् । त्यस्तैगरी उधोगी, व्यवसायीहरु, कृषकहरु समेतको सहभागिता रहने छ । साथमा बैंक व्याजदरले पीडित अन्यको समेत उपस्थितीमा वृहत छलफल संचालन हुन गईरहेको हो ।

कार्यक्रमको आयोजना मोरङ व्यापार संघ, उधोग संगठन मोरङ र नेपाल उधोग परिसंघ प्रदेश नं. १ विराटनगरको संयुक्त हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]