२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा प्याव्सन विराट कप फुटवल हुदै

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

विराटनगर, मंसीर २८
निरज बस्नेत
प्याव्सन विराट कप फुटवल टूर्नामेन्ट विराटनगरमा १ पुष देखी ८ पुषसम्म हुने तय भएको छ । विराटनगरमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा यस कुराको जानकारी गराइएको हो ।

दोस्रो संस्करणको यो टूर्नामेन्टमा विजेताले सुन–चाँदी जडित शिल्डकप प्राप्त गर्नेछ । ८ दिनसम्म चल्ने यो प्रतियोगिता स्थानीय शहिद रंगशाला विराटनगरमा हुनेछ । प्याव्सन आवद्द ३० सदस्य विधालयको सहभागिता रहने कुराको जानकारी कार्यक्रम संयोजक नन्दलाल मण्डलले दिएका छन् ।

टुर्नामेन्टमा कक्षा १० सम्म अध्ययनरत १७ वर्षदेखी मुनिका उमेर समूहका खेलाडीले भाग लिनेछन् । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैया खर्च हुने प्रारम्भिक अनुमान छ । प्याव्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीका अनुसार फुटवल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने दृढ संकल्प र विश्वासको साथ प्रतियोगिता गर्न लागिएको बताएँ ।

फुटवलमा नयाँ आयामको लागि प्याव्सन विराट कप गर्दे आएको प्याव्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताएका छन् । यसपटकको फुटवल नकआउटको आधारमा खेलाइनेछ । कार्यक्रम संचालन विराटनगर प्याव्सनका सचिव असोक लामाले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]