१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाली जनताको भावनालाई चोट पुर्याउदै अन्ततः रवि लामिछाने सत्तामा जादै

Logo

विराटनगर, पुष ११
निरज बस्नेत
जति नै ठूलो कुरा गरेको भएतापनि अन्ततः रवि लामिछाने सरकारमा जाने पक्का भएको छ । आकाशको तारा खसाल्छु भन्ने रविले आफ्नै नेतृत्वमा प्रचण्ड नेतृत्वको सरकारमा जाने भएका छन् ।

६ महिना अघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि अन्तमा सत्ताकै लागि मरिमेट्ने पात्रको रुपमा दर्ज हुन पुगे । संचारक्षेत्रमा काम गर्दे बीचमा अमेरिका पलायन भएका रविले पुनः संचारजगत बाट नै चर्चा बटुलेपछि धेरै जनताको मन जितेका थिए ।

यसर्थ रविसहितको रास्वपालाई नेपाली जनताले २० सिटको हैसियतमा पुर्याइदिएका छन् । तर, विडम्वना रविले आम जनताको मन तोडे । अहिले रवि सत्ताकै खेलमा यस्तरी लागेकी मानौं यो सव उनले कुर्सिकै लागि गरेका हुन् । यही फिल आज आम मानिसमा भइरहेको देखिन्छ ।

रविले गृहमन्त्री दावी जोडतोडका साथमा गरिरहेको सूत्र दावी गर्छ । रविलाई गृहमन्त्री नदिएर श्रम मन्त्री या स्वास्थ्य मन्त्री दिने प्रचण्डको दाउँ छ । प्रधानमन्त्री प्रचण्डले पाएपछि अव राष्ट्रपति एमाले र सभामुख एमालेलै पाउँने सहमति भएको बुझिन्छ । तसर्थ सत्ताको तेस्रो ठूलो दलको हैसियतले गृहमन्त्रीमा रविले दावी गरेको जनाइएको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, रास्वपा, जसपा, जनमत पार्टी, नाउपा लगायतको समर्थन रहेको छ । लगभग १७१ सांसद वर्तमान प्रचण्ड नेतृत्व सरकारसँग हुने बताइएको छ । रास्वपा सरकारमा जाने निर्णयमा केन्द्रिय सदस्य गणेश कार्कीले तीव्र असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, चुनावमा आफूहरुले हामी अलग छौ, अलग रहनेछौ र अलग त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]