०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपाली जनताको भावनालाई चोट पुर्याउदै अन्ततः रवि लामिछाने सत्तामा जादै

Logo

विराटनगर, पुष ११
निरज बस्नेत
जति नै ठूलो कुरा गरेको भएतापनि अन्ततः रवि लामिछाने सरकारमा जाने पक्का भएको छ । आकाशको तारा खसाल्छु भन्ने रविले आफ्नै नेतृत्वमा प्रचण्ड नेतृत्वको सरकारमा जाने भएका छन् ।

६ महिना अघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि अन्तमा सत्ताकै लागि मरिमेट्ने पात्रको रुपमा दर्ज हुन पुगे । संचारक्षेत्रमा काम गर्दे बीचमा अमेरिका पलायन भएका रविले पुनः संचारजगत बाट नै चर्चा बटुलेपछि धेरै जनताको मन जितेका थिए ।

यसर्थ रविसहितको रास्वपालाई नेपाली जनताले २० सिटको हैसियतमा पुर्याइदिएका छन् । तर, विडम्वना रविले आम जनताको मन तोडे । अहिले रवि सत्ताकै खेलमा यस्तरी लागेकी मानौं यो सव उनले कुर्सिकै लागि गरेका हुन् । यही फिल आज आम मानिसमा भइरहेको देखिन्छ ।

रविले गृहमन्त्री दावी जोडतोडका साथमा गरिरहेको सूत्र दावी गर्छ । रविलाई गृहमन्त्री नदिएर श्रम मन्त्री या स्वास्थ्य मन्त्री दिने प्रचण्डको दाउँ छ । प्रधानमन्त्री प्रचण्डले पाएपछि अव राष्ट्रपति एमाले र सभामुख एमालेलै पाउँने सहमति भएको बुझिन्छ । तसर्थ सत्ताको तेस्रो ठूलो दलको हैसियतले गृहमन्त्रीमा रविले दावी गरेको जनाइएको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, रास्वपा, जसपा, जनमत पार्टी, नाउपा लगायतको समर्थन रहेको छ । लगभग १७१ सांसद वर्तमान प्रचण्ड नेतृत्व सरकारसँग हुने बताइएको छ । रास्वपा सरकारमा जाने निर्णयमा केन्द्रिय सदस्य गणेश कार्कीले तीव्र असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, चुनावमा आफूहरुले हामी अलग छौ, अलग रहनेछौ र अलग त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]