०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नाउपाको समर्थन प्रचण्ड नेतृत्वको सरकारलाई भएतापनि नाउपाचाहीँ सरकारमा नजाने

Logo

विराटनगर, पुष ११
निरज बस्नेत
प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेतापनि सरकारमा चाहीँ नजाने निर्णयमा पुगेको छ । नाउपाको बटमलाइन रेशम चौधरीको रिहाई नै रहेको हुँदा सरकारमा नजाने निर्णयमा पुगेको हो । यससम्वन्धि निर्णय नाउपाले केन्द्रिय कारागार डिल्लीबजारमा गरेको थियो ।

अचम्म त यहाँ के छ भन्दा अदालतले दोषी करार गरी सकेको व्यक्ति रहेको कारागारभित्र मिटीङ गर्न दिनुलाई आश्चर्यको रुपमा चित्रण गरिएको छ । यस पार्टीको अध्यक्ष रेशम चौधरीकी श्रीमती रन्जिता चौधरी हुन् । जो अहिले प्रतिनिधि सभाको सांसद समेत हुन् । उनै रन्जिताको भनाइमा आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन प्रचण्डबाट आएकोले सरकारलाई समर्थन गरेको बताइन् ।

रेशम चौधरी नाउपाका संस्थापक हुन् । एमाले–माओवादी केन्द्रसहितका नयाँ सत्ता गठबन्धनको बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बसिरहँदा नाउपाका कोहीपनि नेताहरु सहभागी भएका थिएनन् । संसदमा नाउपाको ३ सिट सुरक्षित छ ।

चर्चित टीकापुर हत्याकाण्डका मुख्य योजनाकारमध्येका एक रेशम चौधरी नै भनी दुई तहको अदालत , जिल्ला र उच्च अदालतले फैसला गरिसकेको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

टीकापुर हत्याकाण्डलाई मानवीय नरसंहारको रुपमा समेत चित्रण गरिने गरिएको छ । यसमा नेपाली प्रहरीका एसएसपी सेती अन्चलका प्रमुख लक्ष्मण न्यौपाने सहित ५ प्रहरी जवानहरुको मृत्यु भएको थियो । २ जना सशस्त्र प्रहरी पनि मारिएँ । यही घटनामा निर्दोष २ बर्षे टेकेन्द्र साउद नाबालक समेत मारिएका थिए ।

घटना संवत् २०७२ भाद्र ७ मा भएको थियो । घटनामा ५० बढी अन्य घाइते भएका थिए । कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक र प्रहरीबीच भाद्र ७ , २०७२ मा दिउँसो झडप भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]