२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

नाउपाको समर्थन प्रचण्ड नेतृत्वको सरकारलाई भएतापनि नाउपाचाहीँ सरकारमा नजाने

Logo
प्रकाशित सोमबार, पुष ११, २०७९

विराटनगर, पुष ११
निरज बस्नेत
प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेतापनि सरकारमा चाहीँ नजाने निर्णयमा पुगेको छ । नाउपाको बटमलाइन रेशम चौधरीको रिहाई नै रहेको हुँदा सरकारमा नजाने निर्णयमा पुगेको हो । यससम्वन्धि निर्णय नाउपाले केन्द्रिय कारागार डिल्लीबजारमा गरेको थियो ।

अचम्म त यहाँ के छ भन्दा अदालतले दोषी करार गरी सकेको व्यक्ति रहेको कारागारभित्र मिटीङ गर्न दिनुलाई आश्चर्यको रुपमा चित्रण गरिएको छ । यस पार्टीको अध्यक्ष रेशम चौधरीकी श्रीमती रन्जिता चौधरी हुन् । जो अहिले प्रतिनिधि सभाको सांसद समेत हुन् । उनै रन्जिताको भनाइमा आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन प्रचण्डबाट आएकोले सरकारलाई समर्थन गरेको बताइन् ।

रेशम चौधरी नाउपाका संस्थापक हुन् । एमाले–माओवादी केन्द्रसहितका नयाँ सत्ता गठबन्धनको बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बसिरहँदा नाउपाका कोहीपनि नेताहरु सहभागी भएका थिएनन् । संसदमा नाउपाको ३ सिट सुरक्षित छ ।

चर्चित टीकापुर हत्याकाण्डका मुख्य योजनाकारमध्येका एक रेशम चौधरी नै भनी दुई तहको अदालत , जिल्ला र उच्च अदालतले फैसला गरिसकेको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

टीकापुर हत्याकाण्डलाई मानवीय नरसंहारको रुपमा समेत चित्रण गरिने गरिएको छ । यसमा नेपाली प्रहरीका एसएसपी सेती अन्चलका प्रमुख लक्ष्मण न्यौपाने सहित ५ प्रहरी जवानहरुको मृत्यु भएको थियो । २ जना सशस्त्र प्रहरी पनि मारिएँ । यही घटनामा निर्दोष २ बर्षे टेकेन्द्र साउद नाबालक समेत मारिएका थिए ।

घटना संवत् २०७२ भाद्र ७ मा भएको थियो । घटनामा ५० बढी अन्य घाइते भएका थिए । कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक र प्रहरीबीच भाद्र ७ , २०७२ मा दिउँसो झडप भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]