०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रचण्ड–विष्णु दुवैको ह्याट्रीक

Logo

विराटनगर, पुष १२
निरज बस्नेत
माओवादी केन्द्रका अध्यक्ष एवं सुप्रिमो पुष्पकमल दाहाल एवं एमालेका अध्यक्ष केपी ओलीका छोरा जस्ता एवं एमाले महासचिव विष्णु पौडेल दुवैले क्रमशः प्रधानमन्त्री र अर्थ मन्त्रीमा ह्याट्रीक छलाङ मारेका छन् ।

९–९ महिना गरी दुई पटक यसअघि प्रधानमन्त्री भइसकेका प्रचण्डको दुवै प्रधानमन्त्रीकाल पूर्ण रुपमा असफल सावित भइसकेको छ । यता पौडेल पटक–पटक गरी यसअघि दुई पटक अर्थ मन्त्री हुँदा आर्थिक चलखेल बाहेक अन्य ठोस काम केही नगरी बाहिरिएका थिए ।

प्रचण्ड तथा विष्णु दुवै मन्त्रिमण्डलका फ्लप पात्र हुन् । अव यो पाली दुवैलाई ह्याट्रीक मौका त मिलेको छ । तथापी दुवैलाई हिनामिना गर्ने नराम्रो बानीले छोपेकै छ । तसर्थ यिनीहरुवाट समग्रमा नेपाली जनताले केहीपनि आशा नगरेको एक अध्ययनले देखाइसकेको बताइन्छ ।

नेपाली राजनीतिमा हमेशा तुष्छ भिलेनको रुपमा प्रचण्डलाई लिइन्छ भने विष्णु सधैभरि ओलीको चाप्लुसी गर्न माहिर छन् ।

यही कारण ओलीको मन विष्णुले नै जित्दै आएका पनि छन् । फलस्वरुप बारम्वार विष्णुलाई नै ओलीले अर्थ मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी पनि दिदै आएका छन् ।

नेपाली जनताले दिएको अमूल्य मतको प्रायः यी ठूलाठालाले अपमान नै गर्दे आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]