२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

बदनाम नेपाली क्रिकेट

Logo

निरज बस्नेत
विराटनगर, पुष २०
नेपाली क्रिकेट बदनाम बन्दै गइरहेको छ । यसमा क्यानकै नेतृत्व मुख्य दोषी देखिएको क्यानभित्रकै पदाधिकारीको दावी छ ।

साथै यतिवेला नेपाल टी–ट्वान्टी भ्रष्टाचारी र सट्टेबाजको चंगुलमा नराम्ररी फसेको छ । नेपाली क्रिकेटको प्रायःजसो म्याचमा क्रिकेट कमेन्टरको महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएका सचिन तिमल्सेनाले आफ्नो सामाजिक संजाल मार्फत सवै क्रिकेट पे्रमीहरुको यसप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।

उनले आफ्नो पोष्टमा चिन्तित हुदै लेखेका छन्, सन् २०१७ मा एसियन क्रिकेट प्रिमियर लिग हुँदा कसरी फिक्सिङ हुन्छ भन्ने देखेको थिए । तर, क्याननै समावेश भएकाले क्रिकेट सफा रहन्छ भन्ने मेरो विश्वास र अपेक्षा थियो । तर, प्रतियोगिता दौरान यस्ता घटना मैले देखे, जसले गर्दा यो विवादास्पद मात्र होइन क्रिेकेट बाहेक यसलाइ गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने गरेको मैले देखे, भन्दै उनले लेखेका छन् ।

यता नेपाली खेलाडीको विचल्ली भएको छ । फिक्सिङ विवादका कारण गाहाे भइरहेको नेपाली टोलीका कप्तान रोहित पौडेल बताउँछन् । यही झमेलाका बीचमा समग्रमा नेपाली प्लेयरहरुको पारिश्रमिक समेत रोकिएको पौडेलले जानकारी गराएँ ।

खेलाडीको साथमा अफिसियलले समेत पारिश्रमिक नपाएको म्याटर पनि छ । आयोजक बेखवर भएको र बेटिङका कारणले विवादै विवादमा मुछिएको नेपाल टीट्वान्टी लिग क्रिकेटमा मंगलवारको खेल जसोतसो भएपनि भयो ।

यसको आगामी बाटो पूरै अनिश्ति जस्तै देखिन्छ । यसैबीच खेल मिलेमतोमा अनुशन्धान गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयलाई ठाडो निर्देशन दिएको गृह स्रोत दावी गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]