२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

बेनामे प्रदेशकाे मुख्यमन्त्रीमा कार्की नियुक्त

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

निरज बस्नेत
विराटनगर, पुष २२

अन्ततः नाम नपाएको(प्रदेश नं १ ) को मुख्यमन्त्रीमा झापाबाट प्रदेश सभामा निर्वाचित एमालेका हिक्मत कुमार कार्की नियुक्त भएका छन् । यसअघि स्थापनकालीन सरकारको रुपमा करिब ४ बर्ष एमाले नेतृत्वको सरकार रह््यो ।

जसमा कार्की तत्कालीन सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रहे । सो सरकारको मुख्यमन्त्रीमा एमालेकै नेता शेरधन राई रहेका थिए । प्रदेशकै प्रभावशाली नेताको रुपमा परिचित राई एवं कार्की दुवै ३ बर्ष ७ महिना करिब सरकारमा रहँदा पनि प्रदेशलाई नाम दिन सकेका थिएनन् । अन्य ६ वटा प्रदेशले नाम राखिसकेका छन् । प्रदेश १ सरकारको नेतृत्व पूरा रुपमा एमालेले करिब करिब ४ बर्ष गर्यो । स्थापनाकालीन पूरै ५ बर्षे नेतृत्व समेत कम्युनिष्ट सरकारकै पोल्टामा नै रह्यो । लाजमर्दो विषय त , हो की प्रदेश १ सरकार यो ५ बर्षमा अन्ततः बेनाम बन्यो ।
कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले आइतवार नियुक्त गरेका हुन् ।

यो बेनामको प्रदेशले आफ्नो पहिलो ५ बर्षे कार्यकालमा ३ जना मुख्यमन्त्री पाइसकेको थियो । यसपाली प्रदेशको दोस्रो कार्यकालमा झापा गौरादहका कार्की मुख्यमन्त्रीमा चयन भएका हुन् । यो सँगै कार्की यो १ नं. प्रदेशको रुपमा चौथो मुख्यमन्त्रीमा दर्ज हुनपुगेका छन् ।

कार्की अनेरास्ववियूको केन्द्रिय अध्यक्ष २०५५ सालमा भएका थिए । २०७१ सालमा सम्पन्न एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट कार्की केन्द्रिय कमिटीमा प्रवेश गर्न सफल भएँ ।

पार्टीको ग्राउण्ड लेवलबाट छलाङ मार्न सफल व्यक्तित्व कार्की २०७४ सालको निर्वाचनमा झापा प्रदेश सभा निर्वाचन क्षेत्र नं. ५(१) बाट प्रत्यक्ष निर्वाचित भए ।

संघमा फेरिएको सत्ता गठबन्धनसँगै २०७८ भाद्र १० गते एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटीमा पुनः निर्वाचित भए । अहिले एमालेको स्थायी कमिटीसदस्य तथा प्रदेश १ को सह–ईन्चार्ज भुमिकामा कार्की छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]