
निरज बस्नेत
विराटनगर, पुष २९
ईतिहास साक्षी छ । रिजाल परिवार भन्ने वितिकै गर्व गर्न सकिन्छ । यही रिजाल परिवारका एक हस्ती नेपाली राजनीतिमा उँचाई छुदै छन् । हो, यहाँ विराटनगर–३ निवासी रवि रिजालको प्रसंग उठान गर्न खोजिएको हो ।
रविको हजुरवुवा स्व. नागेन्द्र प्रसाद रिजाल नेपालको प्रधानमन्त्री भईसकेका व्यक्तित्व हुन् । आज रविको छवि दिनानुदिन उँचाइमा बढ्दो छ । फलस्वरुप मोरङ जिल्ला राप्रपाको अध्यक्षमा यिनै रविको नाम अग्रपक्तिमा आएको छ ।
रविलाई नै भावी राप्रपा मोरङको अध्यक्ष बनाई सिंगो मोरङ राप्रपाको बिग्रदो साखलाई एउटा युगान्तकारी परिवर्तित सकारात्मक छलाङ मार्न सक्ने नायकको रुपमा धेरैले हेरेको पाइएको छ ।
गएको मंसीर–४ को प्रतिनिधि सभातर्फ रविले प्राप्त गरेको मत पर्याप्त थिएँन होला तरपनि पपुलर मत भने चाँही पक्कै थियो । जे–जस्तो मत आएतापनि रविले त्यसलाई शिरोधार्य गर्दे मत दिने, नदिने सवै मोरङ–४ का मतदातालाई धन्यवाद हार्दिकतापूर्वक दिएको जगजाहेर छ ।
राष्ट्रवादी युवा समाजसेवी मन भएका रवि सवैमाझ आज लोकप्रिय हुनुपनि उनको यही राम्रो चरित्र नै हो । विगतमा मोरङ राप्रपाको नेतृत्वले गतिलो काम नगरेको सवैका सामु स्पष्ट चित्र छ ।
अवको नेतृत्व रविको काँधमा दिएको खण्डमा समग्रतामा सिंगो मोरङ राप्रपाको अवस्था गतिलो हुनेमा एकरत्ति पनि शंका त रहदैन नै साथमा देशव्यापी रुपमा यहाँ मोरङको राजनीतिको सकारात्मक प्रभाव अवश्य पनि देशभर सकारात्मक नै पर्ने निश्चित छ ।
अतः राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन अनि महामन्त्री प्रह्लाद साहले नेतृत्व हस्तान्तरण मोरङको हकमा कसलाई किन गर्नुपर्छ भन्ने सवालमा गम्भिर हुनैपर्दछ ।