०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रिजालको लोकप्रियता उँचाइमा बढेसँगै राप्रपा मोरङ अध्यक्ष बन्ने संभावना

Logo

निरज बस्नेत
विराटनगर, पुष २९

ईतिहास साक्षी छ । रिजाल परिवार भन्ने वितिकै गर्व गर्न सकिन्छ । यही रिजाल परिवारका एक हस्ती नेपाली राजनीतिमा उँचाई छुदै छन् । हो, यहाँ विराटनगर–३ निवासी रवि रिजालको प्रसंग उठान गर्न खोजिएको हो ।

रविको हजुरवुवा स्व. नागेन्द्र प्रसाद रिजाल नेपालको प्रधानमन्त्री भईसकेका व्यक्तित्व हुन् । आज रविको छवि दिनानुदिन उँचाइमा बढ्दो छ । फलस्वरुप मोरङ जिल्ला राप्रपाको अध्यक्षमा यिनै रविको नाम अग्रपक्तिमा आएको छ ।

रविलाई नै भावी राप्रपा मोरङको अध्यक्ष बनाई सिंगो मोरङ राप्रपाको बिग्रदो साखलाई एउटा युगान्तकारी परिवर्तित सकारात्मक छलाङ मार्न सक्ने नायकको रुपमा धेरैले हेरेको पाइएको छ ।

गएको मंसीर–४ को प्रतिनिधि सभातर्फ रविले प्राप्त गरेको मत पर्याप्त थिएँन होला तरपनि पपुलर मत भने चाँही पक्कै थियो । जे–जस्तो मत आएतापनि रविले त्यसलाई शिरोधार्य गर्दे मत दिने, नदिने सवै मोरङ–४ का मतदातालाई धन्यवाद हार्दिकतापूर्वक दिएको जगजाहेर छ ।

राष्ट्रवादी युवा समाजसेवी मन भएका रवि सवैमाझ आज लोकप्रिय हुनुपनि उनको यही राम्रो चरित्र नै हो । विगतमा मोरङ राप्रपाको नेतृत्वले गतिलो काम नगरेको सवैका सामु स्पष्ट चित्र छ ।

अवको नेतृत्व रविको काँधमा दिएको खण्डमा समग्रतामा सिंगो मोरङ राप्रपाको अवस्था गतिलो हुनेमा एकरत्ति पनि शंका त रहदैन नै साथमा देशव्यापी रुपमा यहाँ मोरङको राजनीतिको सकारात्मक प्रभाव अवश्य पनि देशभर सकारात्मक नै पर्ने निश्चित छ ।

अतः राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन अनि महामन्त्री प्रह्लाद साहले नेतृत्व हस्तान्तरण मोरङको हकमा कसलाई किन गर्नुपर्छ भन्ने सवालमा गम्भिर हुनैपर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]