२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

नेपाली राजनीतिमा रवि लामिछानेको फास्ट ट्रयाक यात्रा

Logo

निरज बस्नेत
विराटनगर, पुष २९
अमेरिका बसाईको लामो यात्रा त्यागे पश्चात् रवि लामिछाने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै कारण चर्चित भएको घटनाक्रमले पुष्टि पनि गरेकै छ ।

तत्कालीन समयमा ओली प्रधानमन्त्री हुँदाका बखतमा कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँग सरकारी टेलिभिजनबाट प्रसारण हुनु अनि यो कार्यक्रमको प्रस्तोता रवि बनिनुमा , यसलाई रविको प्रगतिको टर्निङ प्वाइन्ट मानिएको छ ।

हुन त रविले त्यसअघि ६२ घण्टाभन्दा लामो टेलिभिजन टक शो चलाई वल्र्ड रेकर्ड राखेर समेत तहल्का पिटेका थिए । तरपनि यथार्थमा रविको छलाङ सिधा कुरा प्रधानमन्त्री कार्यक्रमले नै मारेको जगजाहेर छ । बादमा प्रचण्ड प्रधानमन्त्री बनेपछाडी यो कार्यक्रमबाट रविलाई निकालियो । अनि त झन् रविलाई इखालु नै बनायो । तसर्थ रविले न्यूज २४ सँगको यात्रामा सिधा कुरा जनतासँगलाई आगे लगे । र, यही कार्यक्रमले भुइँ मान्छेको पीरमर्का बुझ्दै समाधान नै गरेको धेरै घटना बन्यो ।

कार्यक्रमकै बीचमा सहकर्मी सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दा रविलाई लाग्यो । न्युज २४ को कार्यालयबाटै रविलाई पक्राउ गरियो । र, चितवन पुर्याइयो । यहाँबाट त रविको लोकप्रियता पूरै उँचाइमा नै पुग्यो । सारा चितवनवासी नै रवि निर्दोष भन्दै सडकमा नै प्रदर्शनमा उत्रे । यसका कारण सरकार, न्यायमूर्ति कसैको केही सीप चलेन । फलतः रवि आत्महत्या दुरुत्साहन मुद्दामा क्लीन चिट पाई कारागार मुक्त भएँ ।

लगत्तै केही समय प्रतीक्षा गरी आफ्नै लगानीमा साझेदारसमेतको संलग्नतामा ग्यालेक्सी फोर के, टेलिभिजन खोले । र,यही ग्यालेक्सीबाटै छोटो नाम, सिधा कुरा दिई, कार्यक्रम प्रसारण गरे । यसमा रविको मन भरेन ।

लगत्तै गएको ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना आफ्नै नेतृत्वमा गरे । यही रास्वपालाई आज नेपाली जनताले प्रतिनिधि सभामा २० सांसदको गर्विलो पोजिसनमा पुर्याए ।

आज रवि यो मुलुकको उपप्रधान एवं गृहमन्त्री बन्न सफल भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]