२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सामाजिक संजालभरि रविको चर्को विरोध

Logo

निरज बस्नेत
विराटनगर, माघ ४
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चर्को विरोध सामाजिक संजालभरि शुरु भएको देखिन्छ ।

टेलिभिजनमा रहँदा विकृती र विसंगतिको डटेर विरोध गर्ने रवि आज सत्तामा पुगेपछि सत्तालिप्सामै केन्द्रित भएको आम बुझाई रहेको पाइएको छ ।

जुनै जोगी आएतापनि कानै चिरेका, यो उखान रविको हकमा व्यवहारतः आज लागू भएको हो की यस्तै चर्चा बजारभरि सुनिन्छ । वास्तवमै रविको अनि उनको पार्टी रास्वपाको अन्तिम लक्ष्य सत्तालिप्सा नै हो त ? यस्तै यस्तै गाइँगुइँ छ ।

नागरिताको विषयमा रविको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सोही मन्त्रालय गृहमा रवि मन्त्री भएर जानुलाई रहस्मय भनिएको छ ।

यता मंगलवार विस्तारित मन्त्रिमण्डलमा रास्वपाका उपसभापति डोल प्रसाद उपाध्यायलाई श्रममन्त्री बनाइनुलाई झन् अर्को रहस्यमय घटनाको रुपमा चित्रण गरिदैंछ ।

डोल प्रसाद आफै म्यानपावर व्यवसायसँग आवद्दता भएका व्यक्ति हुन् । डोललाई मन्त्री बनाइनुमा रविको एकल निर्णय भएको थियो । यस विषयमा पार्टीमा रविले कसैकोपनि राय नलिएको बुझिन्छ ।

आशा गरिएकी विद्दान डा. तोसिमा कार्कीलाई स्वास्थ्य जस्तो फूल मन्त्री नबनाएर राज्यमन्त्रीमै सिमित गरिनु रविको झन् बढ्ता गलत कदम मानिदै पार्टीभित्रै चर्को आलोचना हुदैछ ।

विगतमा टेलिभिजनमा रहँदा यति धेरै उपप्रधानमन्त्री किन चाहियो भन्दै घाँटीको नशा सुक्ने गरी चर्को स्वरमा कराउने रवि अहिले आफुसहित चारजना उपप्रधानमन्त्री भइसक्दा पनि किन चुँइक्क केही बोल्दैनन् ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]