१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

Logo

निरज बस्नेत
विराटनगर, माघ १५
चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । समाजसेवा गर्ने हुटहुटी भित्रैदेखी पलाएका कारण आफू नाउपामा प्रवेश गरेको गौतम बताउँछिन् ।

गौतम भन्छिन्, नाउपाले बच्चादेखी लिएर जवान, वृद्द सवैलाई समेटेको कारण आफू प्रभावित भएको बताइन् । र, शिक्षा, स्वास्थ्यतर्फ राम्रै फोकस गरेको उनी बताउँछिन् ।

अनि रेशम चौधरी जस्तो राम्रो मान्छे, रेशमकै श्रीमती रन्जिता चौधरी यस पार्टीको अध्यक्ष भएकोले पनि आफुमा नाउपामा प्रवेश गरेर केही गर्नुपर्छ भनी उक्त पार्टीमा भित्रिएको एलिजाको दावी रह्यो ।

नाउपाले मधेसमा गरेको गतिविधि विगतदेखी अहिलेसम्म पोजेटिभ रहेको उनको टिप्पणी रह्यो । उद्देश्य पवित्र रहेको र अहिलेसम्म यस पार्टीले कुनै नराम्रो गरेको नसुनेको समेत एलिजा बताउँछिन् ।

नाउपामा लागेर समाजमै रहेर समाजसेवा गर्दे अगाडी बढ्ने एलिजा बताउँछिन् । एलिजा भन्छिन् आफुले पहिलादेखी नै समाजमै रहेर समाजसेवा नै गरेको समेत बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]