०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

नेकोस खेल उत्सव : ब्याडमिन्टन प्रतियोगितामा पविन र प्रनिश क्वाटरफाइनलमा

Logo

विराटनगर, माघ ५
विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी क्वाटर फाईलनमा प्रबेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनमा भएको प्रतियोगितामा आर्मी एपिएफले आफ्नो प्रस्तुतीलाई प्रभावकारी बनाउँदै लगेको छ। शीर्ष १६ वरियता बाहेकको पुरुष एकल तर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४, २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१०, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित बनाए ।

आर्मीका हिमाल चन्दले झापाका नविन सिलवाललाई २१–१२, २१–१६, एपिएफका अमन महर्जनले दाङ्गका सनौला रैनीलाई २१–१४, २१–१२, मोरङ्गका बिवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७, २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका छन् ।

पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद र आर्मीका अभय महरा क्वाटरफाईनलमा प्रवेश गरेका छन् । साउदले उदयपुरका रुमु हाङ्ग राईलाई २१–१२, २१–९ ले तथा महराले ताप्लेजुङ्गका अन्ड्रीयास लिम्बुलाई २१–८, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । यसैगरि आर्मीका कविर के.सी.ले पाँचथरका रोहन तामाङ्गलाई २१–१६, २१–१०, ललितपुरका लक्ष्मण रानाले आर्मीका आर्मीका सुविन श्रेष्ठ (बी)लाई २१–१७, ९–२१, २१–१७, मोरङ्गका सुप्रिम पन्तले आर्मीका पारश उपाध्यायलाई २१–१५, ११–२१, २१–१६, दाङ्गका सलौना रैनीले पाँचथरका किरण श्रेष्ठलाई २२–२०, २१–१३ ले हराए । उदयपुरका बिनय चौधरीले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–१४ र आर्मीका अनिल मल्लले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका संयोग बस्नेतलाई २१–१७, २१–९ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

महिला तर्फ कास्कीकी निभा राई र आर्मीकी टिशा रानी शाक्यले क्वाटरफाईनलमा स्थान बनाए । राईले ताप्लेजुङ्गका सरुना गुरुङ्गलाई २१–१७, १२–२१, २१–१४ ले तथा शाक्यले पर्साका श्रुती शाहबाट वाकओभर प्राप्त गरेका हुन् ।

पुरुष युगल तर्फको प्रतिस्पर्धामा मोरङ्गका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए । यस्तै अन्तिम १६ मा स्थान बनाउने क्रममा ललितपुरका बिकास महर्जन र रदीप महर्जनको जोडी, कैलालीका चन्द्रिका कथरिया र स्पोर्टस् हवका अनुज तामाङ्गको जोडी, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी, एपिएफका अमन महर्जन र सुजन थापाको जोडी, आर्मीका सुनिल कार्की र झापाका नविन सिलवालको जोडी, नखिपोटका विबेक कदङ्गवा र नल्सन राईको जोडी, मोरङ्गका दिपेन्द्र खड्का र जनम राईको जोडी, कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी, मोरङ्गका बिवेक चौधरी र उज्जल पोखरेलको जोडी, एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडी तथा मोरङ्गका राजेन्द्र महर्जनको जोडी तथा कुशल राईको जोडी रहेका छन् ।

पुरुष ४५ बर्ष माथिको युगल तर्फको प्रतिस्पर्धामा सुनसरीका पुगेन्द्र लिम्बु र राम योञ्जनको जोडी, उदयपुरका बल बहादुर कार्की र चित्र थापाको जोडी, मोरङ्गका जीवन बोगटी र धन कुमार श्रेष्ठको जोडी, उर्लाबारी ब्याडमिन्टन क्लबका पोष्ट मगर र कमल वाईवाको जोडी, मोरङ्गका पदम धिमाल र धर्म राज राईको जोडी, ललितपुरका शान्ता डङ्गोल र सुमन (रत्नमान) महर्जनको जोडी, मोरङ्गका किरण सिंह बस्नेत र सुदीप पोखरेलको जोडीले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।

आगामी फागुन ७ गतेदेखि बिराटनगरमा हुने नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिबेशनको पूर्ब सन्ध्यामा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितासँगै महाधिबेशनको तयारीलाई तिब्र पारिएको आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]