१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

विराटचोकमा १५ दिने महोत्सव लाग्दै…

Logo

निरज बस्नेत
विराटचोक, मोरङ, फागुन ५
मोरङको विराटचोकमा १५ दिने कृषि, पर्यटन र व्यापार महोत्सव लाग्दैछ । सो कुराको जानकारी महोत्सव संयोजक भविन पाण्डेले जानकारी गराएका छन् ।

यही फागुन ७ गते महोत्सव शुरु हुनेछ । २१ फागुनमा महोत्सव सकिनेछ । झरना यूवा क्लव सुन्दरहरैंचा–९ मोरङको आयोजनामा हुन लागेको सो महोत्सवमा कम्तिमा ५० स्टलहरु समाविष्ट रहने कुरा क्लवका अध्यक्ष प्रह्लाद पाठकले बताएका छन् ।

युवा उद्यमशिलता, देशको आवश्यकता, स्लोगन बाकेको यस महोत्सवमा राष्ट्रिय कलाकारहरु, प्रमोद खरेल, रचना रिमाल, कमल खत्री, एलिना चौहान, मेलिना राई लगायतको समेत जोडदार प्रस्तुती रहने कुरा संयोजक पाण्डेले बताएँ ।

महोत्सवमा दैनिक उपभोग्य वस्तु तथा सेवाहरु, कृषि उत्पादनहरु, इलेक्ट्रोनिक्स आइटमहरु, लगायतका स्टलहरु रहने जानकारी अध्यक्ष पाठकले दिएका छन् । पाठकका अनुसार महोत्सवमा मनोरन्जनात्मक खेलहरु, फेशन शो, तथा अन्य विविध गतिविधिहरु समेत रहनेछन् ।

पिएलओ ल्युव मुख्य प्रायोजकमा रहेको छ । प्रणाम इट्टा प्रायोजकमा छ । सह–प्रायोजन श्री जि एन कंक्रिट उद्योग, प्रिन्स इट्टा प्रा लि , पिके कृषि सन्तुलित पशुदाना, कंचनजंगा इन्ड्रष्ट्रीज प्रा लि, एनपी ग्रुप, विबा लक्ष्मी ज्वेलर्स, टूबोर्ग वियर, जेएसआर आरएमसीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]