०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

ह्याट्रिक सहित प्रिन्सलाई उपाधी

Logo

विराटनगर, फागनु ७
नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् ।

नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए । प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोश्रो जित हो । यस अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधी उचालेका थिए । यस विधामा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेश्रो भए ।

बिजयी भएबापत प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजयी प्रफुलले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने बिष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए ।
नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शिर्ष १२ बरियता भित्रको एकल तर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताकी उपाधी विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोश्रो जित हो । यस विधाको तेश्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा रहे ।
बिजयी अनुमाया राईले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजयी जेशिका गुरुङ्गले नगद २८ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने रशिला महर्जनले नगद १२ हजार ५ सय र प्राथना देउवाले नगद ११ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने छ ।
पुरुषको शिर्ष १६ बरियता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधी हात पारे । थापाले लिनथेपलाई २१–१५, २१–१३ ले पराजित गरेका थिए । आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेश्रो स्थानमा चित्त बुझाए ।
महिला शिर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकालदै उपाधी कब्जा गरेकी हुन् । पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेश्रो भए ।

पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउदले जित हात पार्दै उपाधी उचाले । साउदले फाईनलमा आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । आर्मीका कविर के.सी. र दाङका सनौला रैनी संयुक्त तेश्रो भए ।
महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीर्क टिशा रानी शाक्यलाई २१–१०, २१–१६ ले पराजित गर्दै उपाधी कब्जा गरिन् । कास्कीकी निभा राई र ताप्लेजुङ्गकी नुमा लिम्बुले संयुक्त तेश्रो स्थान प्राप्त गरे ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा काठमाण्डौका संजय कपाली र श्याम लामाको जोडीले उपाधी जिते । कपाली र लामाको जोडीले कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २२–२४, २१–१२, २१–१६ ले पराजित गर्दै उपाधी जितेका हुन् । सुनसरीका भजनलाल चौधरी र ईटहरीका सन्त तामाङ तथा बेलबारीका दीपक आङ्गदम्बे र मोरङका बिकास श्रेष्ठको जोडी संयुक्त तेश्रो भए ।
पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै उपाधी उचाले । फाईनलमा आङ्गदम्बे र भक्तराजको जोडीले कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीलाई १७–२१, २१–११, २१–१० ले पराजित गरेका हुन् । बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडी तथा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी संयुक्त तेश्रो भए ।

शहिद रङ्गशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको थियो भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग थियो । प्रतियेगिताको सहप्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेको थियो भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने ब्यवस्था गरेको थियो ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव १९२ खेलाडीहरुको सहभागिता रहेको थियो ।
करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ । जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा भएको थियो ।

यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तीकै नगद १ हजार ५ सय प्राप्त गरे । यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गरे । क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार, सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जिते । फाईनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गरे । यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
पुरुष युगल तर्फको खेलमा आर्मीका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई पराजित गर्दै पुरुष युगल तर्फको उपाधी उचाले । बिष्णु र प्रिन्सको जोडीले बिजीत र जीवनको जोडीलाई १४–२१, २१–९, २१–१७ ले पराजित गरेका हुन् । आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी संयुक्त तेश्रो भए ।
महिला युगल तर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई पराजित गर्दै त्रिभुवन आर्मीका प्राथना देउवा र अनुमाया राईले उपाधी उचाले । देउवा र राईको जोडीले गौचन र लम्सालके जोडीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् । तृतीय स्थानमा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडी रहे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]