०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चितवन २ मा रवि लामिछानेले उपनिर्वाचन जित्ने उच्च संभावना

Logo

निरज बस्नेत
भरतपुर, चितवन, बैशाख ११
देशका ३ क्षेत्रमा यतिवेला कसले बाजी मार्छ ? यसमा सवैको ध्यान आकृष्ट भइरहेको देखिन्छ । तरपनि चितवन २ ले चाँही धेरैको ध्यान अझ बढ्ता तानिरहेको छ ।

रवि लामिछानेको उम्मेदवारीकै कारण बढि मात्रामा यो ठाउँ चर्चाको शिखरमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेप्रति यहाँ धेरैको भरोसा रहेको पाइन्छ ।

चितवनमा आइतवार सम्पन्न चुनावमा ६० प्रतिशतको हाराहारीमा मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो प्रतिशत गएको मंसीर ४ को भन्दा केही कम प्रतिशत हो । तथापि जनताको उत्साहजनक उपस्थिती रहेकै पाइयो । अझ रवि रवि क्रेजले त पूरै चितवननै तताएको छ । आइतवारनै मतगणना शुरुहुने बताइरहँदा कांग्रेसकै कारण मतगणनामा ढिलाई भइरहेको देखिएको छ ।

यहाँका कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठको दावी के रह्यो भन्दा रास्वपाले जालझेल गर्यो । मौन अवधिमा ८ वटा गाडी रविले प्रयोग गरे । यत्तिमा मात्र उनको रविप्रतिको आरोप होइन ।

चुनावताका रविले मतदान केन्द्रमा मान्छेहरु हुलका हूल लगि हूलहुज्जत गरेको आरोप समेत लगाइएको छ । जवसम्म यसमाथि छानविन हुदैन , तवसम्म मतगणना अगाडी नबढ्ने जितनारायण बताउँछन् । यत्ता रविका समर्थक कांग्रेसीको यो मिथ्या आरोपप्रति रत्तिभर पनि विश्वास गर्ने मनसायमा छैनन् ।

र, यथासक्य मतगणना शुरु नगरे सशक्त प्रतिकार गर्ने समाचारहरु आइरहेका छन् । यसमा आफ्ना समर्थकहरुलाई रविले विन्ती गर्दे अहिलेसम्म आफ्ना समर्थकलाई शान्त पारिरहेका छन् । यो समाचार लेखिरहँदा मतगणना चितवन २ मा शुरु हुनसकेको छैन ।

चितवन २ का धेरै मतदाताको दावी रहँदै आएको छ की फेरी पनि जित रविकै निश्चित छ । बाँकी त अन्तिम नतिजाले नै थाहा भइहाल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]