१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपाली राजनीति ततायाे

काण्डकाे नालीबेली
Logo
निरज बस्नेत

एमाले सचिव टोप बहादुर रायमाझी

विराटनगर, बैशाख २३
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपाली राजनीति तताएको छ । यस काण्डमा एमाले सचिव टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडसम्मको नाम चर्चामा आएको छ । यी दुवैको संलग्नता के कति छ, सवैको चासोको विषय बनेको छ ।

गलत गर्ने जो कोही कानूनको फन्दामा आउनैपर्छ । तथापी नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा पुगेका नेपाली समेत दोषीको भागिदार हुन् । राज्यको ढुकुटीमा दोहन गरेर समेत नपुगेपछि व्यक्तिको पैसामा समेत गिद्दे दृष्टि लगाउनु झन् धेरै खत्तरनाक हो । यसमा बहालवाला सचिव टेकनारायण पाण्डे समेतको स्वीकारोक्ति त झनै डरलाग्दो विषय हो ।

ब्यूरोक्रेसी भ्रष्ट छ र त आज मुलुक जर्जर बन्दैछ । यसमा ठूला पार्टीका प्रमुख नेतासमेतको गैर जिम्मेवारपनले त हद नाघेको छ । एमाले अध्यक्ष केपी ओली त खुलेआम टोपबहादुर बचाउमै लागेका छन् । यसका लागि पटक पटक प्रधानमन्त्री प्रचण्डलाई भेटीरहेका छन् । हुन त टोपबहादुर विगतमा लामो समयदेखीनै प्रचण्डकै इशारामा चल्थे । टोपबहादुरका छोराको नाममा काटिएको डेढ करोडको चेकले त अझ प्रष्ट पारेको छ ।

शरणार्थी त्यो पनि नक्कली बनाएर, त्योपनि नेपालीलाई, अनि बाउ –छोराकै इन्ट्रेस्ट, अनि भएन त छक्क पर्नुसम्मको सेटिङ । १ अर्व ३१ करोड २५ लाखको आर्थिक चलखेलले सवैको ध्यान आकृष्ट पारेकै छ । हाईप्रोफाइल व्यक्तित्वको संलग्नताले मुलुक कतातिर जादैछ ? चिन्ताको कुरा हो ।

अर्घाखाचीबाट चुनाव जितेका अनि उपप्रधानमन्त्रीसमेत भइसकेको व्यक्तिको संलग्नता देखिनु गम्भिर कुरो हो । अझ टोपबहादुरलाई पक्राउ पूर्जी जारी भइसक्दासमेत नेपाल प्रहरीले पक्रन नसक्नु लज्जाको कुरा हो । त्यहाँमाथि देशका प्रमुख नेतानै हात धोएर बचाउमा लाग्नुलाई गतिलो कुरा पटक्कै मान्न् सकिन्न । अतः दाषी जो सुकै होस्, अविलम्व पक्राउ गरी कानून बमोजिम कार्वाही हुनैपर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]