११ माघ २०८२, शनिबार
24-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गगन धर्नामा

अबको धर्ना सिंहदरवार भित्र हुने सरकालाई चेतावनी
Logo

काठमाडौं, भाद्र १३
लामो समय बितिसक्दा पनि सडक नबनाएको विरोधमा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले शुक्रबार सडक विभागको कार्यालयमा धर्ना दिएका छन् ।
चावहिल कपनलगायत काठमाडौं क्षेत्र नं ४ का विभिन्न सडकको निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकि सकेता पनि हालसम्म साडक किन नबनाएको भन्दै थापा सहितको धर्ना टोलीले विभागलाई प्रश्न गरेका थिए ।
ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि कपन र बुढानीलकण्ठ क्षेत्रका सडकहरु हालसम्म सडक किन नबनाएको धर्ना टोलीको विभागलाई दोस्रो प्रश्न थियो । उक्त सडकको ठेक्का शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीले पाएको बताईएको छ ।
सांसद गगन थापाले अबको धर्ना विभागमा मात्र सिमित नभएर सिंहदरवार भित्र हुने सरकालाई चेतावनी दिएका छन् ।
काठमाडौँ क्षेत्र नं ४ का अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले पाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]