१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पारस खड्का बने टी–२०मा शतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी

त्रिकोणात्मक टी–ट्यान्टी सिरिजमा सिंगापुरमाथि नेपालको सानदार जित
Logo

खेम पौडेल
काठमाडौं, आसोज ११
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान पारस खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । यससगै टी–ट्वान्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा पारस नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
उनले ५२ बलमा नटआउट १ सय ६ रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिएका थिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । नेपालका लागि करण केसीले २ विकेट हात पारे थिए भने डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिएका थिए । नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]